अत्याधुनिक हतियारसहित लुटेरा पक्राउ

जुम्ला, १६ भदौ ।

जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियारसहित पाँच जना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको हो ।

agesप्रहरीले एउटा एसएमजी, सात राउण्ड गोली, एउटा चिनियाँ पेस्तोल र तीन राउण्ड गोली तथा तीन सय किलो वन लसुन र ७० हजार रुपैयाँसहित पाँच जना लुटेरालाई पक्राउ गरेको हो ।

जनपथ तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले १६ दिनको प्रयासपछि लुटेरालाई पक्राउ गरेको जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोईरालाले जानकारी दिनुभयो । पक्राउ परेका पाँच जनामाथि अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया