प्रहरी स्रक्रियतासँगै सुर्खेतमा चोरीका घटनामा कमी

सुर्खेत

प्रहरीको सक्रियतासँगै सुर्खेत प्रहरीले तीन महिनामै चोरी लगायत अन्य अपराधजन्य घटना नियन्त्रण गर्न सफल भएको जनाएको छ ।
कार्य योजना नै बनाएर नियन्त्रण अभियान थालेको प्रहरीले तीन महिनामै उल्लेख्य रुपमा चोरीका घटना नियन्त्रण गर्न सफल भएको दावी गरेको छ ।
प्रहरी निरीक्षक कनक शाहीले अघिल्लो तीन महिनामा चोरीका २५ घटना भएकोमा यो तीन महिनामा त्यो संख्या ९ मा झरेको बताए ।
उनले हटिया लाइन, बुद्धपथ, न्युरोड लाइन र टेम्पोपार्क लगायतका पसल घर तथा बैङ्कहरुमा चोरीका बढ्न थालेपछि कार्य योजना नै बनाएर नियन्त्रण थालेको पनि उल्लेख गरे ।

चोरी नियन्त्रण गर्न ३५ जना सादा पोसाकमा प्रहरी परिचालन गरिएको र चोरीमा संलग्न १२ जनामाथी मुद्धा चलाइएको समेत प्रहरी निरीक्षक शाहीले बताए ।

कार्ययोजना लागू पूर्व
कार्तिक ३
मंसिर ४
पुष १८

कार्ययोजना पछि
माघ २
फागुन ५
चैत्र २
कार्ययोजना कार्यान्वयन गर्न चालिएका सुरक्षा र अनुसन्धान क्रियाकलाप
कार्ययोजना कार्यान्वयनमा सादापोसाक अनुगमन निरिक्षणमा ३५ जना जनशक्ति परिचालन गरिएको ।
रातको समयमा शंकास्पद तरिकाले हिडडुल गरिरहेको ७९ जना व्यक्तिहरुलाई सोधपुछ, जसमध्ये १२ जनालाई दसीको सामान सहित मुद्धा चलाईएको ।
चोरीएका विभिन्न मोबाईल, ल्याबटप,साईकल र अन्य महत्वपूर्ण सामाग्रीहरु फेला पारी सम्बन्धित २० जना व्यक्तिलाई जिम्मा लगाईएको ।
अपराध कार्यविधि
कार्ययोजना कार्यन्वयन पूर्व घर, गेट, ताला, गल्ला, सटर, ढोका र दराज फलामे रडको सहायताले फोडी चोरी गर्ने रहेको थियो भने कार्ययोजना कार्यान्वयन पश्चात दराज, ताला, आदि फोडेर चोरी गरेको पाईएको ।
कार्ययोजना कार्यान्वयन हुनुपूर्व चोरी भएको मुख्य स्थानहरु बुद्धपथ लाईन ,न्युरोड लाईन, शनिहल लाईन, टेम्पोपार्क आदि जस्ता बजार तथा भित्रि ठाँउहरु रहेका थिए भने हाल विशेष गरी उपत्यकाका ग्रामिण क्षेत्रहरु पतेनि, मुलपानी, खजुरा, चिसापानी र भैरवस्थान लगाएतका क्षेत्रहरुमा चोरी भईरहेको पाईएको ।
दोश्रो चरणको लक डाउन कार्यन्वयन भए सगै वीरेन्द्रनगरका घर तथा पसलहरु बन्द गरि धनिहरु आ–आफ्नो निजि निबास तिर गएकोले चोरीका घट्नाहरु बढेको पाईएका छन ।

प्रहरीले सुर्खेतबासीलाई आफ्नो गरगहना र सम्पती आफ्नो सुरक्षामा राख्न पनि आग्रह गरेको छ ।
मुद्धा चलेको
लागू औषध (ब्राउन सुगर) ७ वटा
पक्राउ अभियूक्त–११ जना
फरार अभियूक्त – ५ जना
जम्मा बरामद परिमाण – १३.५ ग्राम
स्रोत जिल्ला प्रहरी कार्यालय सुर्खेत

 




फेसबुकबाट तपाईको प्रतिक्रिया