सुर्खेत । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान छत्रेश्वरी गाउँपालिका–१ भालुमारेदेखि मयानी जाँदै गरेको लु प्र ०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परे छत्रेश्वरी गाउँपालिका १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्र बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए ।
भालुमारेबाट कम्पोष्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको उनको भनाई छ । ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको बस्नेतले बताए ।
राराखबर । २०८१, २४ पुष बुधबार