व्यवसायी हितको लागि १५ लाख सापटी

चैत २१, सुर्खेत
मध्यपश्चिम यातायात व्यवसायि संघ सुर्खेतले व्यवसायिक हितका लागि आफ्ना सदस्यहरुलाई सवारी मर्मत सम्भारका लागि सापटी रकम हस्तान्त्ररण गरेको छ । २० औ साधारण सभामा संस्थाका अध्यक्ष विष्णुवहादुर खड्काले घोषणा गरेको १ करोड रुपैया मध्येको रकमवाट पहिलो चरणमा १० जनालाई सवारी साधन मर्मत सम्भारका लागि जनही डेढ लाखका दरले १५ लाख वितरण गरिएको हो । विगत लामो समयदेखी समितिमा रहेका सवारी साधनहरुका लागि समितिले जिर्ण पुराना गाडिहरुका लागि दुर्घटना सापटि, ईन्जन मर्मत, टायर खरिद जस्ता थुप्रै सापटि प्रदान गदै आईरहेको छ ।
संस्थामा रकम हस्तान्त्ररण गदै अध्यक्ष विष्णु वहादुर खड्काले पहिलो चरणमा गाडि मर्मत गर्नका लागि निवेदन दिएका सदस्यहरुलाई सापटि रकम हस्त्रान्त्रण गरेको वताए । ‘यात्रुरुहरुको सेवालाई मध्यनजर गर्दै संस्थामा रहेका पुराना सवारी साधनलाई मर्मत गर्नका लागि हामीले सापटि रकम प्रदान गरेका हौं’ संघका अध्यक्ष विष्णुबहादुर खड्काले भने, ‘यसले सानो पुँजीमा व्यवसाय संचालन गरिरहेका व्यवसायिहरुलाई सहयोग पुग्नेमा विश्वस्त छौं ।’
पहिलो चरणमा १५ लाख सापटि रकम हस्तान्त्रण गरिएको र निवेदन आएमा पुन सापटि रकम हस्तान्त्ररण गरिने समितिका सचिव नारायण कुमार चपाईले वताए । उनले सवारी जिर्ण भएको चेक जाँच गरि सदस्यले निवेदन दिए व्यवसायिक हितका लागि पुन रकम प्रदान गरिने वताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया