दिपेन्द्र शर्मा, सुर्खेत
कालिकोटको खाँडाचक्र नगरपालिका ५ मा ठुलाखोला हुदै लासि चिहानघाट सम्म मलामी हिड्ने भीरको बाटो पिपिसी गरिदै छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रमको १५ लाख, युवा रोजगारको १८ लाख र खाँडाचक्र नगरपालिकाको ७ लाख गरी ४० लाख लागतमा बाटो पिपिसी हुदैछ ।
भौगोलिक कठिनाईका कारण भिरको बाटोबाट मलामी जानुपर्ने समस्या टरेकोमा स्थानीय दान बहादुर कार्की खुशी व्यक्त गदै भने, ठुलो सास्ती थियो बाटो पिपिसि हुँदा सहज भएको छ ।
स्थानीय मनविरे कामी भन्छन् पहिला भिरको बाटोबाट मलामी जानुपर्ने भएकाले चोटपटक लाग्थ्यो, लास घाट सम्म पुगाउन कठिन हुन्थ्यो बाटो बन्दा सहज भएको छ ।
खाँडाचक्र नगरपालिका रोजगार संयोजक बल बहादुर शाहीका अनुसार ठुलाखोला हुदै लासी चिहानघाट सम्म २ हजार ३ सय मिटरको बाटो छ ।
बाटो पिपिसि हुँदा नागरिकलाई थुप्रै कामको सहजता भएको छ ।
वडा अध्यक्ष देउराम विश्वकर्माका अनुसार मुख्यमन्त्री रोजगारबाट ७५० मिटर, युवा रोजगार र खाँडाचक्र नगरपालिका तथा वडाको साझेदारीमा १ हजार ७ सय मिटर बाटो बनाएको छ ।
राराखबर । २०८०, २१ चैत्र बुधबार