कार्यालय र निवासमा तोडफोड, ताला लगाएर जोगिए उपकुलपति कोइराला

३० कार्तिक ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन ।
इन्जिनेरिङ्ग संकायका विद्यार्थीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ आवसक्षेत्रमा रहेको विश्वविद्यालयको विस्तारित कार्यालय र उपकुलपतिको निवासमा तोडफोड गरेका हुन ।
20161115_125637बिभिन्न माग राखी आन्दोलन गरिरहेको विद्यार्थीले मंगलवार दिउँसो सवा १२ बजेतिर कार्यालय र उपकुलपति निवासमा तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ ।
विस्तारित कार्यालय र भिसी निवासमा प्रवेस गरी विद्यार्थीले कुर्सी, टेवल र उपकुलपति चढने गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
विद्यार्थीहरुले कार्यालय र निवासमा तोडफोड गर्न थालेपछि वाथरुममा नुहाईरहेका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालालाई कर्मचारीले वाहिरवाट ताला लगाएर बचाएको जानकारी दिएका छन ।
एक कर्मचारीले भने विद्यार्थीहरु तोडफोड गदै भित्र पसेपछि उपकुलपति ज्यूलाई केही गर्छन कि भन्ने डरले ताला लगायौ । ताल लगाएपछि उनीहरुले कार्यकक्षका कुर्सी, टेवलहरु तोडफोड गरे ।
उपकुलपति कोइरालाले मागहरु पुरा हुने डरले केही विद्यार्थीले कार्यालयमा तोडफोड गरेको बताउनु भयो । यो आन्दोलन विश्वविद्यालय सुधारको लागि हैन, यो अवरोध गर्नको लागि मात्रै हो । तोडफोडमा इन्जिनेरिङ्ग संकायका केही विद्यार्थीको मात्रै संलग्नता रहेको उपकुलपति कोइरालाले दावी गर्नुभयो ।
```````````````इन्जिनेरिङ्ग संकायका विद्यार्थीको माग यस्तो छ
परिक्षा समितिले गरेको निर्णय अनुसार सेमेस्टर परिक्षामा ५० प्रतिशत अनुर्तीण विद्यार्थीलाई पुर्न परिक्षामा सामेल हुन नपाउने निर्णय तत्काल खारेज गर्नुपर्ने, उत्तरपुस्तिका परिक्षण गर्दा सम परिक्षणको व्यवस्था हुनुपर्ने, इन्जिनेरिङ्ग संकायमा अनुभवि र पूर्णकालिन शिक्षकको व्यवस्था गर्नुपर्ने, प्रत्येक वर्ष १० प्रतिशतका दरले बृद्धि भैइरहे20161115_130206को शैक्षिक शुल्क खारेज गर्नु पर्ने लगायतका माग रहेका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया