अव आर्थिक उत्पादनतिर लाग्नुहोस– एमाले नेता कँडेल

a8dea-yamlaराराखवर संवाददाता
सुर्खेत, १३ जेठ
नेकपा एमालेका पोलिट व्युरो सदस्य यामलाल कँडेलले राजनीतिक लडाई सकिएकोले अव आर्थिक उत्पादनमा जुटन कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
अखिल नेपाल किसान महासंघको घटक संगठन महिला किसान संघ सुर्खेतको भेलामा उहाँले मुलुकको समृद्धिको लागि आर्थिक उत्पादनमा जुटनु पर्नेमा जोड दिनुभयो । अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका कँडेलले राज्यले प्रदान गदै आएको सेवा सुविधा वास्तविक किसानहरुले नपाएको उल्ेख गर्नुभयो । राज्य प्रदान गर्ने सेवा सुविधा लिन र आफनो हक अधिकार सुनिश्चित गर्न किसानहरु एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा एमाले सुर्खेतका सचिव मोहन वडुवाल, नगर अध्यक्ष निलकन्ठ खनाल, जिल्ला कमिटीका सदस्य राजु गुइदेल, नन्दा गुरुड, अखिल नेपाल महिला संघका अध्यक्ष मोहनमाया ढकाल, किसान महासंघका केन्द्रीय सदस्य टीका अधिकारी लगायतले आफनो भनाई राख्नु भएको छ ।
भेलाले धना आचार्यको अध्यक्षतामा महिला किसान संघ सुर्खेत गठन गरेको छ । १५सदसिय समितिको उपाध्यक्षमा राधा कार्की, सचिवमा कृत्रिका सुवेदी र सहसचिवमा नम्रता कार्की रहनु भएको छ । यस्तै समितिको सदस्यमा गोमा पौडेल, गोमाकुमारी पौडेल, चन्द्रा थापा, तुल्सा चन्द, निर्माला गिरी, गीता पौडेल आचार्य, यामकुमारी भुजेल ओली, मनकैरा वुढा र कमला सुनजार रहनु भएको छ । कार्यक्रम शान्ता खड्काको सभापतित्वमा भएको हा




फेसबुकबाट तपाईको प्रतिक्रिया