उपराष्ट्रपति पुत्रको विरामी राउटेमा चासो

मानबहादुर ओली
सुर्खेत १५ माघ ।
अछामको रानिवन–३ पियलतडामा गतबर्ष आगो ताप्ने क्रममा जलेर गम्भिर घाएते भएका राउटे युवा कपिल शाहीको उपचारका लागि उपराष्ट्रपति पुत्र दिपेश पुन मगरले चासो दिएका छन् ।
एक बर्ष वितिसक्दा पनि घाइते कपिललाई निको नभएपछि अछामको तुर्माकाधको जंगलमा बसेको राउटेवस्तीमा पुगी उनले प्राथमिक उपचार गरेका छन् ।
थप उपचारका लागि काठमान्डौ ल्याउने भनी एम्बुलेन्स सहित राउटे वस्ती पुगेका उपराष्ट्रपति पुत्र दिपेश राउटे मुखियाहरुले बाहिर नपठाउने भनेपछि घाइते शाहीलाई आवश्यक औषधी वितरण गरेका हुन ।
आगोले जलेका शाहीको दाया हात र कम्मरमा ठुलो घाउ रहेको छ । बढ्दो चिसोलाई ध्यान दिदै उपराष्ट्रपति पुत्र दिपेश पुन र एन.आर.एन. सदस्य तथा जर्मनीमा व्यवसायी गर्दै आएका युवा अर्जुन तिवारीले तातो कपडा र ४० प्याक चामल समेत वितरण गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया