गरीवलाई राहात दिने खालका आयमुलक कार्यक्रम ल्याइदै – मन्त्री थानी

बद्री पन्त
जाजरकोट १६, माघ
सहकारी तथा गरीवी निवारण मन्त्री हृदयराम थानीले गरीवलाई राहात दिने खालका आयमुलक कार्यक्रम ल्याउन लागेको बताउनु भएको छ । गरीवलाई राहात दिने आएमुलक, सिपमुलक, औषधी उपचार, शिक्षा, खाद्य सुरक्षा लगाएत ५ कार्यक्रमलाई प्राथमिकतामा राखेको मन्त्री थानीको भनाइ छ । प्रेस युनियन जाजरकोटले आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा मन्त्री थानीले यस्तो कुरा बताउनु भएको हो ।
मन्त्रालयले २५ जिल्लाका गरीवीका रेखामुनी रहेका ३ लाख ९५ हजार घरधुरी मध्ये अति गरीब १ लाख ९० हजार, गरीव १ लाख २० हजार र सिमान्त गरीव ८४ हजारलाई गरीव परिचय पत्र वितरण गर्न लागेको बताउनु भयो । त्यस्तै मन्त्रालयले ४ बर्ष देखि अलपत्र परेको शहकारी ऐनलाई ब्यबस्थित बनाएर कार्यान्वयनमा ल्याउन लागेको पनि मन्त्री थानीले बताउनुभएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया