काल्लागे पानी संरक्षण

बद्री पन्त
जाजरकोट १, श्रावन ।
नलगाड नगरपालि ७, दल्ली स्थित काल्लागे खानेपानी संरक्षण तथा व्यवस्थापन गरिएको छ ।  संरक्षण अभावमा दुषित पानी प्रयोग गर्दै आएका स्थानीय भने अवदेखि शुद्ध पानी खाना पाउने भएका छन ।
नगरले अघिल्लो बर्ष पानीको मुहान वरिवरीको क्षेत्रमा १६ लाख खर्च गरेर घेरावार निर्माण गरको थियो । यसबर्ष १२ लाख खर्चेर मान्छे नुहाउने २ कोठे घर बनाएको छ । महिला र पुरुषको लागि अलगअलग नुहाउने धारा बनाइएको नगर प्रमुख टेकबहादुर रावलले बताए ।


महिलाका लागि २ पानी धारा र पुरुषको लागि २ वटा पानीधारा जडान गरेर मान्छेलाई नुहाउन, कपडा धुना, पानी भर्न सहज सुविधा पुगेको नलगाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताउनु भएको छ ।  यसअघि जतातैको फोहर काल्लागे मुलमा पस्ने पानी दुषित हुने र त्यही पानी मान्छे खादै आएका थिए, सिंहले भन्नु भयो । घेरावार, नुहाउने घर, पानी भर्ने धारा वनेपछि स्थानीयलाई सहज भएको सिंहको भनाई छ ।
काल्लागे पानी कालिमाटीबार, दल्ली लगाएत क्षेत्रका २ सय घर र १ हजार वढी मान्छे उपयोग गर्दै आएको बताउनु हुन्छ कालिमाटी बजारका अम्बर बोहरा । पहिले डिएफ.आई.डि संस्थाले ४ लाख खर्च गरेर पानी धारा बनाएको थियो ।  त्यो जिर्न भएर गएको थियो । नगरले संरक्षण गरेर धेरै राम्रो काम गरेको बोहराको भनाई छ ।
काल्लागेको पानी छेउमै बग्ने नलसिंहगाड खोलाको मनोरम दृश्यले त्यहाँ जाँने जोकोइको मन लोभिन्छ ।  काल्लागे पानी संरक्षण तथा व्यवस्थापन गरेकोमा नगरको त्यस क्षेत्रकाबासीन्दाले प्रसंसा गर्दै आएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया