दश महिनामै लक्ष्यभन्दा बढी राजश्व संकलन

indexराराखवर संवाददाता
सुर्खेत, १४ जेठ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षको दश महिनामै लक्ष्यभन्दा बढी राजश्व उठेको जनाएको छ ।
चालु आर्थिक वर्ष २०७२÷७३ मा २ करोड १७ लाख राजश्व संकलन हुने लक्ष्य राखेकोमा १० महिनामै २ करोड ४५ लाख राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ । राजश्व शाखाका प्रमुख हृदयराम ढकालले नगरपालिकामा गाभिएका गाविसहरुवाट कति राजश्व संकलन हुन्छ भनेर एकीन गर्न कठिन भएको र नक्सापासवाट पनि बढी रकम उठेकोले अनुमान गरिएको भन्दा बढी राजश्व संकलन भएको बताउनु भयो । उहाँले नगरपालिकामा गाभिएका उत्तरगंगा, लाटिकोइली र जर्वुटा गाविसवाट सोचे भन्दा बढी राजश्व संकलन भएको उल्लेख गर्नुभयो ।
नगरपालिकाले मालापोत तथा भुमिकर, वहालकर, नक्सापास दस्तुर, एकिकृत सम्पति कर, सवारी पार्किड, व्यवसायकर लगायतका विभिन्न करवाट राजश्व संकलन गदै आएको छ । चालु आर्थिक वर्षमा सवैभन्दा बढी नक्सापासवाट ३६ लाख १२ हजार, एकिकृत सम्पतिकरवाट ११ लाख २२ हजार, भाडा तथा वाहालवाट ११ लाख ७८ हजार, व्यवसायकरवाट ९ लाख ८८ हजार रुपैया आम्दानी भएको छ ।
यस्तै विज्ञापन कर, दर्ता तथा नविकरण दस्तुर, सवारी कर, मनोरञ्जककर, नाता प्रमाणित दस्तुर, दण्ड जरिमाना लगायतवाट पनि आम्दनी भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार साउनमा १५ लाख ९८ हजार, भदौमा २३ लाख ३२ हजार, असोजमा २२ लाख २० हजार, कार्तिकमा १४ लाख ५५ हजार रुपैया आम्दानी भएको छ । मंसिरमा २१ लाख ७८ हजार, पुषमा ३३ लाख १५ हजार, माघमा २० लाख १५ हजार, फागुनमा २२ लाख ७७ हजार, चैत्रमा ३२ लाख ८८ हजार र बैसाखमा ३८ लाख ५५ हजार रुपैया संकलन भएको राजश्व संकलन शाखाका हृदय ढकालले वताउनु भयो ।
चालु आर्थिकमा झै गत आर्थिक वर्षमा पनि लक्ष्य भन्दा बढी राजश्व संकलन भएको वताइएको छ । गतआर्थिक वर्षमा १ करोड ९१ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ३ करोड ६० लाख राजश्व संकलन भएको उल्लेख गदै चालु आर्थिक वर्षमा पनि सवा ३ करोड राजश्व संकलन हुने अनुमान गरिएको राजश्व शाखाका प्रमुख हृदयराम ढकालले दावी गर्नुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया