सुर्खेत, ८ फागुन । कर्णालीमा प्रदेश स्तरिय मदन भण्डारी फाउण्डेशन गठन गरिएको छ । नेकपा दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा २९ सदस्यीय फाउण्डेशन गठन गरिएको हो ।
समितिको सचिवमा सुर्खेतका कूलमणि देवकोटा रहेका छन् ।
समितिको सदस्यमा नन्दसिंह बुढा, मिना रखाल, दानसिंह परियार, कौशिला खत्री, रत्नप्रसाद न्यौपाने, गोविन्दपुन, चन्द्रप्रकाशघर्ती, मोहनमाया ढकाल, गोकुल बुढा, दल फडेरा, शेरबहादुर बुढा, टेकेन्द्रकुमार बस्नेत, छेजुङ लामा, तेजबहादुर चन्द मेनका पछाईलगायत रहेको समितिका सचिव कुलमणी देवकोटाले बताए ।
जननेतामदनभण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान विकास तथा कार्यान्वयन गर्दे सामाजिक विकास गर्ने उदेश्यले प्रदेशमा पहिलो पटक फाउण्डेशन गठन गरिएको पनि उनले बताए ।
फाउण्डेसनका पदाधिकारी तथा सदस्यहरुले बिहीबार सपथसमेत लिएका छन् । नेकपाका केन्द्रीय सदस्य एवम पूर्व सांसद लक्ष्मी पोखरेलले सपथ गराएका हुन ।
यसैबीच फाउण्डेशनको पहिलो बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । जस अन्र्तगत सचिव कूलमणि देवकोटालाई कार्यालय संचालनको जिम्मेवारी दिइएको छ भने फाउण्डेशनको समन्वय र विस्तारको लागि दैलेखमा तेजबहादुर चन्द, सूर्यबहादुर शाही र मिना रखाल, कालीकोटमा दक्षिणा शाही, जुम्लामा शान्तिलाल महत, मुगुमा दानसिंह परियार, हुम्लामा दल फडेरा, डोल्पामा शेरबहादुर बुढा, रुकुमका ऋषि शर्मा, सल्यानमा गोविन्द पुन र सुर्खेतमा टेकेन्द्रकुमार बस्नेत र मोहनमायाढकाललाई जिम्मेवारी दिइएको छ ।
बैठकले फागुन मसान्तसम्म प्रदेशका दश वटै जिल्लामा फाउण्डेशको गठन र पुर्नगठन गर्ने, चैत्र मसान्तसम्म स्थानीय तहहरुमा कमिटी गठन गर्ने र आगामी जेठको पहिला साता प्रदेशस्तरीय भेलागर्ने निर्णय गरिएको पनि सचिव देवकोटाले जानकारी दिए ।
राराखबर । २०७६, ८ फाल्गुन बिहीबार