यामलाल कँडेलद्धारा २८ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक

आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि पार्टी कार्यालयमा  २८ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्दैमा सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा एमालेबाट प्रत्यक्षतर्फका उम्मेदवार बनेका पार्टी स्थायी कमिटी सदस्य एवं प्रदेश ईन्चार्ज यामलाल कँडेलले अबको प्रदेश सरकार आफ्नै नेतृत्वमा बन्ने दाबी गरेका छन् ।

कँडेलले ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार’ कर्णाली प्रदेशमा एमालेको सरकार भन्ने मुख्य नारा दिएर आफ्नो चुनावी प्रतिबद्धता सार्वजानिक गरेका हुन् ।प्रदेशमा एमाले फेरि पहिलो शक्ति बन्ने र आगामी प्रदेश सरकार आफ्नै नेतृत्वमा बनाउने दावी उनको छ ।

 

 कँडेलका प्राथमिकता यस्ता छन् 

१. संविधानको मार्गदर्शन, क्षेत्राधिकार र कर्णाली प्रदेशको आवश्यकता तथा विद्यमान अवस्थालाई मध्यनजर गर्दै जनपक्षीय कानुन निर्माण गरी कार्यान्वयन गर्न पहल गरिनेछ ।
२. कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गरिनेछ ।
३. सुर्खेत विमानस्थलको स्तरोन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका हिमाली जिल्लाहरूमा उडानको लागि आवश्यक व्यवस्था गर्न पहल गरिनेछ ।
४. वीरेन्द्रनगर उपत्यकाको चक्रपथ निर्माणलाई पूर्णता दिइनेछ । वीरेन्द्रनगरमा प्रदेशस्तरीय बसपार्कको सम्भाव्यता अध्ययन गरी निर्माणका लागि पहल हुनेछ ।
५. वीरेन्द्रनगरमा रहेका सार्वजनिक जग्गाको संरक्षण गर्दै नगरबासीको हित अनुकूल प्रयोग गर्ने नीति बनाइनेछ वीरेन्द्रनगरको व्यवस्थित विकासका लागि गुरुयोजनाको पुनरावलोकन गरी कार्यान्वयनमा जोड दिइनेछ
६. घुसा, रहरपुर, पर्सेनी हुँदै निकास खोलासम्म हुने डुबानलाई समाधान गर्न खोर्के, इत्राम र नेवारे खोलाहरूको मुहानदेखि निकाससम्म तटबन्धन तथा संरक्षणको व्यवस्था मिलाइनेछ ।
७. उपत्यकाकाको खानेपानी संकटको दीर्घकालीन समाधानका लागि पहल गरिनेछ त्यसका लागि प्रस्तावित भेरी पम्पिन आयोजना समयमा सम्पन्न गर्न जोड दिइनेछ । निर्माणधीन प्रादेशिक रंगशालालाई समयमै सम्पन्न गर्न पहल गर्दै अन्य खेल पूर्वाधारको विकास गरिनेछ ।
८    सरकारी कार्यालय रहेको क्षेत्रलाई प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र (मिनी सिंहदरबार) का रूपमा विकास गरिनेछ ।
१०. काँक्रेविहार, देउतीबज्यै बुलबुले, शहिदपार्क, घण्टाघर, सत्यकौडा, सिद्धपाइला, रानीघाट र
९. गढीलगायत स्थलहरूलाई विशेष पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा विकास गर्न पहल हुनेछ ।
११. १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजनालाई समयमै सम्पन्न गर्न पहल गरी हाल देखिएको समस्यालाई समाधान गरिनेछ ।
१२. कोहलपुर–सुर्खेत सडकखण्डलाई ’फोरलेन को रूपमा स्तरोन्नति गरिनेछ । मूलपानी रानीघाट तेलपानी–भुरीगाउँ सडक निर्माण गर्नुका साथै बामेखोला– भेरीपुल निर्माणाधीन सडकको स्तरोन्नतिमा जोड दिइनेछ ।
१३. सुब्बाकुनादेखि कोलडाँडासम्म उपत्यकाको बीच भागमा हटलाइन सडक निर्माणका लागि पहल हुनेछ। साथै वीरेन्द्रनगरको ट्राफिक समस्याको समाधान गर्न जोड दिइनेछ। १४. सुर्खेत विमानस्थल जाने इत्रामखोला, देउतीबज्यै मन्दिर जाने नेवारेखोला, वीरेन्द्रचोकदेखि यरीचोकसम्म जाने खोर्केखोला र पर्सेनी खोलामा पुल तथा कल्भर्टहरू निर्माण गरिनेछ ।
१५. प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी सुर्खेत मेडिकल कलेजको पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न पहल गरिनेछ । सबै प्रकारका स्वास्थ्य संस्थालाई जनशक्ति, औषधि, उपकरण तथा भौतिक पूर्वाधारमा सुविधासम्पन्न बनाइनेछ ।
१६. वीरेन्द्रनगरमा अत्याधुनिक विधि विज्ञान प्रयोगशाला स्थापनाका लागि पहल गरिनेछ ।
१७. बहुप्राविधिक शिक्षालय स्थापना गरी शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन र उत्पादनलाई बजारको कार्यालयलाई स्वरोजगार तालिम केन्द्रका रूपमा विकास गरिनेछ। श्रम डेस्क स्थापना गरेर श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रणाली व्यवस्थित गरिनेछ ।
१८.विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पसलाई गुण्यतरीय प्रतिस्पर उच्चतहको अध्ययन, अनुसन्धान तथा शोध केन्द्रको रूपमा विकास गर्न पहल गरिनेछ ।
१९. सामुदायिक विद्यालयका लागि हाल विनियोजन गरिदै आएको बजेटमा वृद्धि गरी सुरक्षित भवन आवश्यक जनशक्ति, पर्याप्त पर्यचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, शौचालय, श्रावास, खेलकुद र सरसफाइको उचित प्रबन्ध गर्दै निजी शैक्षिक संस्थाहरूलाई पनि व्यवस्थित गरिनेछ ।
२० यस क्षेत्रमा कृषि तथा पशुपालनका लागि राम्रो सम्भावना भएका स्थानलाई पकेट क्षेत्रका रूपमा विकास गरी स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्न वीरेन्द्रनगरका विभिन्न स्थानमा हाट बाजार सन्चालनमा ल्याइनेछ । सहकारी संस्थाहरूलाई एकीकरण गर्दै उत्पादन र जोडिने
२१. युवा वैज्ञानिक तथा खोज अनुसन्धानका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूलाई प्रोत्साहनका लागि मध्यपश्चिम विश्वविद्यालयसँग सहकार्य गरी बन्दनगरमा आधुनिक साइन्स पार्की स्थापना गरिनेछ ।
२२. युवाहरूको सर्वाङ्गीण विकासका लागि प्रदेश राजधानी आधुनिक प्रविधियुक्त पुस्तकालय स्थापना गर्नुका साथै प्रमुख सार्वजनिक स्थानलाई फ्री वाईफाई जोन बनाइनेछ । सामाजिक न्याय, समता, समावेशीता र सीमान्तकृत वर्ग तथा समुदायको उत्थानका लागि कानुन निर्माण र आवश्यक कार्यक्रम सञ्चालनका लागि पहल गरिनेछ। द्वन्द्वपीडित परिवारको जीविकोपार्जनका लागि सीप विकास एवम् रोजगारीका अवसरहरू सिर्जना गरिनेछ ।
२३. ज्येष्ठ नागरिक, बालबालिका, अपात्रता भएका व्यक्ति, यौनिक तथा लैकिक अल्पसंख्यक, दलित र महिलाको सामाजिक सुरक्षा तथा अधिकार संरक्षणमा जोड दिइनेछ ।
२४. कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गरी यस क्षेत्रका भाषा, साहित्य, सभ्यता, कला र संस्कृतिको जगेन प्रवर्द्धन तथा विकास गरिनेछ ।
२५. आमसार क्षेत्रको संस्थागत विकासका साथै पत्रकारहरूको क्षमता विकास र पेशागत सुरक्षाका लागि नीति, कार्यक्रम र बजेटको प्रबन्ध गर्न पहल हुनेछ । २६. नीजि क्षेत्र उद्योगी तथा व्यतिरक्षा महीलता विकास लगा वातावरण र व्यवसायिक सुरक्षाको प्रत्याभूति गराउन आवश्यक नीति निर्माण र कार्यक्रमहरू सन्चालनका लागि पहल गरिनेछ ।
२७. भूमिहीन किसान भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समाधान गरी पूर्जा वितरणका लागि पहल हुनेछ ।
२८. उपत्यकाको ढल निकासको गुरुयोजना बनाइ कार्यान्वयन गर्ने पहल गरिनेछ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया