सुर्खेतमा तीज विशेषको लर्को

सुर्खेत, १३ भदौ ।
लाइन्स क्लव अफ सुर्खेत काँक्रेविहारले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
हिन्दु महिलाको महान वर्ष तीजको अवसरमा तीज विशेष कार्यक्रम गरी महिला दिदीवहिनीलाई दर खुवाएको क्लवका अध्यक्ष विन्दु नेपालले वताउनु भयो ।
कार्यक्रममा नाचगान गदै खुसी साटासाट गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा रिजन चेयर पर्सन कल्पना कार्की, जोन चेयर पर्सन सरस्वती वस्नेत, डिस्ट्रक अफिसर कमल नेपाल, किशोर रेग्मी, भुपेन्द्र विसी, ओमन लिडर कोडिनेटर धनकुमारी खरेल, लगायतको सहभागीता रहेको छ ।
14183818_2095788673978617_3793283681654048974_nसचिव भद्रकुमारी ढकालले संचालन गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष पदमा पौडेलले ध्वजा बाचन गर्नु भएको थियो भने प्रथम उपाध्यक्ष गौमाया फौजाले स्वागत मन्तव्य राख्नु भएको छ ।
यस्तै महिला सेवा समाज सुर्खेतले पनि तीज विशेष कार्यक्रम आयोजना गरेको जनाएको छ ।
समाजका अध्यक्ष कल्पना कार्कीको सभापत्विमा भएको कार्यक्रमको संचालन सचिव विन्दु नेपालले गर्नु भएको छ ।
कार्यक्रममा समाज सहसचिव पुन श्रेष्ठ, कोषाध्यक्ष वालकुमारी डागी लगायतले आफनो भनाई राख्नु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया