सुर्खेत, १३ भदौ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्ववियूको निर्वाचनको मत गणना कार्य स्थागित भएको छ
मत गणना चलिरहेको वेला अखिल क्रान्तिकारीका अध्यक्षका उम्मेदवारले मतपत्र च्यातेपछि मतगणना स्थागित भएको निर्वाचन समितिले जनाएको छ ।
५० मत गन्न वाकी हुदा नेपाल विद्यार्थी संघका झक्कु शाहीले ४० मतले लिड गरेपछि मतपत्र च्यातेको निर्वाचन समितिले बताएको छ ।
च्यातेपछि र पानी खन्याएपछि गन्नवाकी मतपत्र भिजेकोले गन्न नमिल्ने अवस्थामा पुगको वताएको छ ।
मतपत्र च्यातेको भन्दै वुढालाई प्रहरीले वाहिर लगेको वताएको छ । अहिले सम्म सविच वाहेकका सवै पदमा नेपाल विद्यार्थी संघ अघि रहेको वताएको छ ।
राराखबर । २०७३, १३ भाद्र सोमबार