सुर्खेत १३ भदौ ।
सुत्केरी हुन नसकेर जीवन मरणको दोसाँधमा पुगेकी मुगुको सुकाडिक गाविस ९ कि २२ वर्षिय मैनकला तिवारीलाई हेलिकोप्टरबाट सुर्खेत ल्याएर वचाइएको छ ।
सुत्केरी हुन नसकी जीवनमरणको दोसाँधमा रहेकी तिवारीलाई मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले हेलिकोप्टेर चार्टर गरी ज्यान वचाएको हो ।
२ दिनदेखि सुत्केरी व्यथा लागेकी उनलाई एकदिन कोटडाँडा स्वास्थ्य चौकीमा राख्दा पनि सुत्केरी गराउन नसकेपछि हेलिकोप्टर चार्टर गरी मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत ल्याइएको हो ।
वच्चाको नाल, हात र खुटटा पहिले नै निस्केपछि मैनकलालाई सुत्केरी हुन समस्या भएको थियो ।
बच्चाको ज्यान वचाउन नसकेपछि उद्धारपछि आमाको ज्यान जोगाउन सफल भएको निर्देशनालयकी कम्यूनिटी नसिङ्ग अधिकृत मानकुमारी गुरुडले जानकारी दिनुभयो ।
उहाँले सुत्केरी वेथाले च्यापेको एकदिनपछि मात्रै तिवारी कोटडाँडा स्वास्थ्य चौकीमा ल्याएको र त्यहाँ सुत्केरी गराउन नसकेपछि हेलिकोप्टेर चार्टर गर्नुपरेको वताउनु भयो ।
आवश्यक उपकरण र दक्ष जनशक्तिको अभावले गर्दा स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि स्वास्थ्य चौकीले निर्देशनालयमा खवर गरेको थियो ।
हिजो राती खवर प्राप्त भएपनि राती हेलिकप्टेर पठाउन नसकिएको भन्दै उहाँले तिवारीलाई आज विहान साडे १० बजेतिर उद्धार गरी क्षेत्रीय अस्पताल सुर्खेत ल्याइएको उल्लेख गर्नुभयो ।
नसिङ्ग अधिकृत गुरुडले भन्नुभयो बच्चा पहिले नै मरिसकेको थियो तर आमाको भने उद्धारी गरी ज्यान बचाइयो ।
वेहोस गराएर मरेको वच्चा निकालेपछि तिवारीको अवस्था सामान्य रहेको क्षेत्रीय अस्पतालले जनाएको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनानलले तिवारीलाई उद्धार गर्नको लागि ४ लाख रुपैया खर्च भएको जानकारी दिएको छ ।
सरकारले सुत्केरी हुन नसकेर एकदमै जोखिम पूर्ण अवस्थामा रहेका महिलाहरुलाई तत्काल उद्धार गर्नको लागि गतवर्षदेखि हेलिकोप्टेरवाट उद्धार गर्ने व्यवस्था मिलाएको निर्देशनालयले वताएको छ ।
गतवर्ष हेलिकप्टेरवाट ३ जना र यो वर्ष तिवारीसहित २ जना महिलालाई हेलिकोप्टेरवाट उद्धार गरी ज्यान जोगाएको निर्देशनालयले वताएको छ । गतवर्ष मुगुका २ जना र हुम्लाका एक जना महिलालाई उद्धार गरी आमा वच्चा दुवैको ज्यान जोगाइएको थियो । गत साउन महिनामा पनि मुगुकी एकजना महिलालाई हेलिकोप्टेरवाट उद्धार गरी आमा वच्चा दुवैको ज्यान जोगाइएको थियो ।
गाडीको सुविधा पुगेको ठाउँमा गाडीवाट र गाडीको सुविधा नपुगेको दुर्गम ठाउँवाट हेलिकोप्टेरवाट उद्धार गर्ने व्यवस्था सरकारले मिलाएको छ ।
सुत्केरी हुन नसकेर ज्यानै जाने अवस्था उत्पन्न हुन थालेपछि महिलालाई उद्धार गर्नको लागि निर्देशनालयलमा खर्चको व्यवस्था सरकारले गरिएको छ ।
राराखबर । २०७३, १३ भाद्र सोमबार