महासंघको अध्यक्षमा चन्द्रबहादुर पुन

बद्री पन्त
जाजरकोट, २६ श्रावन ।
आदिबासी जनजाति महासंघ जाजरकोटको अध्यक्षमा चन्द्रबहादुर पुन चयन हुनु भएको छ । उहाँ तेस्रो जिल्ला अधिवेसनबाट सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनु भएको हो ।
१३ सदस्य जिल्ला कार्य समितिको उपाध्यक्षमा ऐनबहादुर पुन, दुर्गा श्रेष्ठ र पद्मकली पुन रहनु भएको छ । सचिवमा धनबहादुर थापा, सह सचिवमा पर्शुराम थापा र कोषाध्यक्षमा दिलमाया राना चयन हुनु भएको अध्यक्ष पुनले जानकारी दिनुभयो । कार्यसमतिका दई सह सचिवपछि मनोनित गरिने छ । यस्तै समितिको सदस्यमा मनिराम वुढा, गोरे गुरुङ्ग र कुशुम थापा रहनु भएको छ भने एक जना सदस्य पछि मनोनित गर्ने बताएको छ ।

नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर पुन

अधिवेशनले भेरी ज्ञानोदय क्याम्पसका प्रमुख चन्द्रबहादुर बुढा, निवर्तमान अध्यक्ष टोपबहादुर थापा, अग्रज शिक्षक रामप्रसाद घर्ती, हरिबहादुर थापा, दलबहादुर घर्ती बुद्धि गुरुङ्ग र दीपबहादुर घर्तीलाई सल्लाहकार चयन गरेको छ ।

सल्लाहकार भेरी ज्ञानोदय क्याम्पसका प्रमुख चन्द्रबहादुर बुढालगायत ।

नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर पुनले आदिबासी जनजातिको हकअधिकार र जाजरकोटको प्रगतिको लागि सक्दो पहल गर्ने बताउँनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया