कर्णाली किनारमा सुतेको यो क्षण…

4नेपाल सरकारका सहसचिव तथा उच्च मुल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारी कलेज पढदै गर्दा सरकारी सेवा प्रवेस गर्नु भएको थियो । आइएसी एजीको पास गरेपछि उहाँले प्राविधिक सहायक पदमा सरकारी सेवा प्रवेस गर्नुभयो । त्यसमा काम गरेको २ वर्षमै सरकारी जागिर छाडनु भएका उहाँ २०५० सालमा फेरी सरकारी सेवामै फर्किनु भयो । शाखा अधिकृतवाट सरकारी जागिरको आरम्भ गर्नुभयो ।

कृषि क्षेत्रमा चमत्कारिक परिवर्तन ल्याउनु सफल भारीले जुन ठाउँमा गएपनि कुशलतापूर्वक आफनो जिम्मेवारी निर्वाह गदै आउनु भएको छ । गुल्मीको भार्सेमा जन्मिनु भएका भारीको परिवार उहाँ २ वर्षको हुँदा रुपन्देहीमा वसाई सरेको थियो । रुपन्देहीमा नै हुर्कनु भयो, पढनु भयो । सामान्य परिवारमा जन्मनु भएका उहाँले घरायसी कामसँगसगै विद्यालय तहको पढाई पुरा गर्नु भएको थियो ।

पेशाप्रतिको बझादारिता र इमानदारिताकै कारण नेपालको निजामति क्षेत्रमा आफनो अलग्गै पहिचान बनाउन सफल सहसचिव भारीले विद्यालय तहसम्म पढाईमा खासै मिहिनेत नगरेपनि कलेज भर्ना भएपछि भने उहाँको पढाईले नयाँ गति लियो । जसका कारण उच्च शिक्षा पढनमा उहाँले घरवाट एकपैसा पनि खर्चिनु परेन । २३ वर्षदेखि सरकारी सेवामा रहनु भएका भारीले सानोमा यो वन्नु भनेर कहिल्यै पनि सपना देख्नु भएन । तरपनि एकपछि अर्कोगदै सफलता हासिल गर्नुभयो । उहाँ सधै आफनो काममै रमाउन मन पराउनु हुन्छ ।

निजामति कर्मचारीभित्र सफल र इमानदार कर्मचारीको छवि वनाउनु भएका उँहा सरकारी सेवामा प्रवेस गर्न चाहानेहरुलाई सत प्रतिशत मिहिनेत गर्न सुझाव दिनुहुन्छ । २३ वर्षको सरकारी अनुभव संगाल्नु भएका भारी आफनो सफलताको श्रेय भने गुरु, वुवाआमा र श्रीमतिलाई दिनुहुन्छ ।

गाउँकै सरकारी विद्यालयमा पढे
म गाउँकै सरकारी विद्यालयमा पढेको हुँ । त्यतिवेला अहिलेको जस्तो सुविधा सम्पन्न विद्यालयहरु थिएनन् । माटोकै कुर्सी, वाटोकै टेवलमा वसेर पढने, पढाउने चलन थियो । त्यतिवेला बोरा लिएर विद्यालय जान्थ्यौ । बारोमा विच्याएर पढेको हो । आइएसी एजी गरेपछि २०३९ सालको भदौ महिनावाट अछाम जिल्लावाट सरकारी सेवा सुरु गरेको थिए । नेपालगंजवाट अन्तवार्ता दिएपछि प्राविधिक सहायक सुव्वा सरहको जागिर खान अछाम गए । एक वर्ष अस्थायी र एकवर्ष स्थायी गरी २ वर्ष अछाममा काम गरे । त्यो दौडानमा वेला वेलामा विएसीएजी गर्नको लागि छात्रबृत्ति खुली रहन्थ्यो । मैले ट्राई गरिरहेको थिए । पाकिस्तानमा पढनको लागि छनौट भए । सरकारी जागिर नगर्ने अव वीएसी एजी गर्ने योजना वनाए राजीनामा दिएर गएको । पाकिस्तान पढने भएन, पाकिस्तानको साटो हामीलाई श्रीलंका ट्रान्सफर गरिदियो । अनि श्रीलंका पढ्न गए ।

दोस्रो पटक सरकारी सेवामा प्रवेस
विएसीएजीको दोस्रो वर्ष पुरा भएपछि श्रीलंकामा ठुलो हुलदंगा भयो । त्यसको कारण विश्वविद्यालय नै वन्द भयो । हामीलाई नेपाल पठाइयो । त्यसपछि रामपुर क्याम्पसमा फेरी सुरुवाट नै विएसीएजी पढियो । श्रीलंकामा विताएको ३ वर्ष । नेपालमा वीएसीएजी गर्न पौने ५ वर्ष लाग्यो । पौने ७ वर्षमा विएसीएजीको पढाई सकियो । त्यतिन्जेलसम्म नेपाल सरकारको जागिरमा आउने कल्पना पनि थिएन, इच्छा पनि थिएन । तर २०४९ सालमा कृषि क्षेत्रमा शाखा अधिकृत खुल्यो । त्यतिवेला शैजला आचार्य कृषि मन्त्री हुनुहुन्थ्यो ।

1

साथीहरु सवैले शाखा अधिकृतमा फर्म भरेछन । जसलाई सोध्यो सवैले भरेका छन । त्यतिवेलासम्म सरकारी जागिर खान्नु भन्ने कल्पना पनि गरेको थिएन । गरैसरकारी संस्थाहरुमा काम गर्छु होला भन्ने सोचेको थिए । सवै साथीहरुले भरेपछि मैले धेरैमा फर्म भरिन । आफनै विषय एग्री इकोनोमिक्स एण्ड मार्केटीङमा फर्म भरे । ख्याल ख्यालैमा लोक सेवा आयोग पास गरेर शाखा अधिकृत भए । २०५० साल असार २७ गते कृषि विकास कार्यालय सोलोखुम्वुमा योजना अधिकृत भएर गए । फेरी सरकारी सेवामै प्रवेस गर्नपुगे ।

साढे ३ महिनामै सहसचिव
१६ वर्षसम्म शाखा अधिकृत नै भएर काम गरे । २०६६ सालमा फाइल वढुवामा उपसचिवमा वढुवा भयो । फाइल बढुवामा एक नम्वरमै नाम निस्केको थियो । त्यो समयमा सहसचिव पदमा पनि खुलिरहेको थिए । त्यसमा पनि प्रयास गरिरहेको थिए । उपसचिव भएको साडे ३ महिनामै सहसचिव भए । सहिसचिव भएपछि एक÷ डेढ वर्षसम्म कृषि विभागमा काम गरे । तत्कालिन कृषि सचिव नाथुप्रसाद चौधरीले आयोजना लागु हुदैछ । त्यसमा जानु परयो भन्नु भयो । सुुरुमा त जान्न भने । कामठमाडौमा सेटल भैसकेको छु भने । तर सचिवले मान्नु भएन त्यहाँ तपाई जानुपर्छ भनेपछि उच्च मुल्य कृषि वस्तु विकास आयोजनामा आए ।

कर्णाली किनारमा सुतेको याद आउँछ
पहिलो अनुभव त अछाम जिल्लाकै छ । अछाम जादा २ महिनासम्म त अछामको भाषा नै वुझने । २०४० सालतिरको अछाम कस्तो थियो होला । आफै कल्पना गर्नुहोस । सदरमुकाम मंगलसेनको जिल्ला प्रशासन कार्यालय अगाडी एउटा गाडी थियो । घच्यदै घच्यदै ल्याएको रहेछ । त्यसमा गएर फोटोहरु खिच्ने, बसेर चिया खाने गथ्यौ ।
यो आयोजनामा आइसकेपछि पनि अछाम जादा गाडीको वारेमा सोधे तर त्यो गाडी थिएन । त्यो गाडीको एकदमै सम्झना आउछ । विनायक हुदै कर्णाली किनारमा आएर सुतेको, ढुगावाट कर्णाली नदि तरेको, त्यतिवेला सुर्खेतमा ११ दिन वसकेको र एघारै दिन वुलवुलेमा गएर नुहाएको क्षणहरु भुल्न सकिदिन । पछिल्लो समय सहसचिव हुदा खेरीको क्षण पनि भुल्न नसकिने खालकै छ ।

टर्निङ्ग प्वाइन्छ
आध्यामिकमा प्रतिपनि रुची राख्ने भएकोले आस्था, संस्कार लगायतका टेलिभिजन पनि नियमित हेर्ने छु । एकदिन टेलिभिजन हेरिरहेको थिए । एकजना गुरुले के भन्नु भयो भने तिमी कुनै काम गर्दछौ । कुनै प्रतियोगीतामा प्रतिस्पर्धा गदैछौ । कुनै परिक्षामा सामेल हुदैछौ । कुनै उदेश्य पुर्तिको लागि प्रयास गदैछै भने पहिले नै त्यो कुराको भित्र अनुभूति गर । मानौ कि तिमी भइसक्यौ । तिमीले चाहेको पद पाइसक्यो । तिमीले चुनाव जितिसक्यौ । यसरी सकारामत्मक सोच ल्याउ कि तिमी त्यसमा सफल भैइसक्यौ । त्यो ट्रिक मैले पनि अपनाए । जीवनमै लागु गर्ने योजना वनाए ।
त्यतिवेला सहसचिवको तयारी गरिहेको थिए । त्यो कुराले मलाई निकै हिट गर्यो । अनि परिक्षण नै गरेर हेर्ने योजना वनाए अनि लागु गदै गए । त्यो सुनेपछि जिनहरु लगाउन छाडे । कहिले काही आइरन नगरेर पनि अफिस जान्थे । त्यसपछि भने कपडाहरु आइरन गरेर लगाउन थाले । टाइ लगाउन थाले । माथिल्लो तहका सहसचिव, सचिव लगायतसगँ बैठकमा वोल्ने, नीतिका कुराहरुमा पनि आफनो कुराहरु राख्ने, वैठकहरुमा पनि एकदमै धेरै अन्तक्रिया गर्न थाले । त्यो गर्दा गदौ एक÷ दुई जनाले मलाई मार्क गर्नु भएको रहेछ । उहाँहरुले सोध पछि टेस्ट गदैछु भने ।
उपसविच भएपछि एउटा तालिममा थाइलण्ड गए । सहसचिवको परिक्षा दिएको थिए । पोजेटिभनेस टेस्ट गरिरहेकै थिए । थाइलण्डमै रहेको वेला रिजल्ट भएछ । लेखितमा तीन जनाको नाम निश्केछ । म्याडमवाट जानकारी पाए । केही साथीहरुले त्यतिवेलै सहसचिव ज्यू भन्न थाल्नु भयो । तपाईकै हुन्छ होला वधाई छ पनि भन्नुभयो । मैले पनि हुन्छ भने । त्यसपछि कसरी अन्तवार्ता दिने भनेर योजना बनाए । मैले यसरी सोचेकी म हुन्छ । म भए । थाइल्याण्डमै अन्तर्वातामा लगाउने कपडाहरु किने । त्यतिवेला सहसचिव पुरुषोत्तम प्रसाद मैनालीले भन्नुभयो भारी जी यो पद मेरौ लागि हो भनेर सोच्नु होस् । काही जानु पदैन ।

सोर्सफोर्स चल्छ भनेपछि नेता भेटन गए
सोर्सफोर्स पनि चल्छ भन्ने सुनेको थिए । नेतालाई भेटन भनेर एकजनालाई समाते । नेतासगँ भेटै भएन । मलाई लैजाने साथीलाई नेतालाई भेटनु भन्दा त गुरुलाई भेटन जान्छु भनेर गुरुलाई भेटन गए । गुरुको आर्शिवाद लिए । गुरुले तपाईको हुन्छ भन्नु भयो । भयो पनि । सकारात्मक सोचाई राख्दा मात्रै धेरै कुराहरु हुन्छ भन्ने कुराको अनुभव मैले जीवनमा गरेको छ । यो कुरा धेरै ठाउँमा मैले शेयर पनि गरेको छु । सकारात्मक सोच सहित अघि वढदा उदेश्य प्राप्ती हुन्छ भन्ने कहिल्यै पनि नविसने खालको अनुभव छ ।
काम भन्ने कुरा आफै क्रियट गर्नुपर्छ । हाकिमले भन्ला र काम गरुला भनेर वस्नु हुदैन । सोलुखुम्वुमा योजना अधिकृत भएर वस्दा केही सिनियरहरुले योजना अधिकृतिका काम छैन समेत भने । तर मलाई भने काम गर्ने फूर्सद थिएन । जिल्ला भरका सवै किसिमका डाटाहरु संकलन गर्ने, प्रगति विवरणहरु तयार पर्ने, रिपोटिङ गर्ने, कर्मचारी सार्थीहरुलाई परिचालन गर्ने यसरी सवै कामहरु गर्दा हाम्रो जिल्ला नम्वर वान थियो । पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले रेट रेटिङ्गमा सोलुखुम्वु जिल्ला प्रथम थियो । यो सवै कामको प्रतिफल थियो । काम नगरेको भए नम्वर वान हुने, प्रथम हुने नै थिएन ।

2

काम आफैले सृजना गर्नुपर्छ
काम भन्नेकुरा अरुले दिने हैन । आफैले वनाउने हो । आफैले क्रियट गर्ने हो । काम आफैले खोज्ने हो । आफैले सृजनात्मक काम गर्न थालियो भने वल्ला डिमाण्ड हुन्छ । वल्ल अरुले आफनो खोजी गर्छ । अरुले काम देलान र गरुला भन्दा त्यो सिमितता हुन्छ । त्यो सिमिततामा वस्नु हुदैन । आफुले आफैलाई काम गरेर वढाउनु पर्छ ।

जीन्दगी सिकाई हो
हाम्रो गाई वस्नु थियो । घरमा गाई वस्तुलाई घाँसपात गरेर विद्यालय जानु पर्ने र विद्यालयवाट आएपछि पनि घाँसपात गर्नु पर्ने अवस्था थियो । पढने भनेपछि पुरै समय पढने अवस्था पनि थिएन । पढाईसगसगै घरको कामकाज पनि गर्नुपथ्र्यो । घरको काम गदै गदै विद्यालय पनि पढियो ।
एसएलसीसम्म मात्रै घरको पैसाले पढे । वुवाआमाको पैसाले पढे । अनि आइएसी एजीमा भर्ना हुदा साढे ३ सय लागेको थियो । त्यसपछि मलाई पढाईमा पैसा लागेन । जीन्दकी भनेको सिकाई हो । भोगाई हो । यसमा धेरै घटनाहरु हुन्छ । कुनै घटना सकारात्मक हुन्छ । कुनै नकारात्मक हुन्छ । यस्ता घटनाहरुवाट पाठ सिक्दै अघि वढनुपर्छ । आफुलाई सच्याउदै अघि वढनु पर्छ । जीवन एउटा नदि जस्तै अघि वढिरहेको छ ।

भावी योजना
मेरो भागी योजना खासै केही छैन । सरकारी सेवामा पनि पुरै समय विताउदिन होला । म ध्यान साधनामा पनि जोडिएको छु । त्यसैले धेरैजसो समय गुरुको आश्रम विताउन चाहान्छु । सगसगै सामाजिक सुधारको काममा पनि सक्रिय रहन्छु । अर्को कुरा अहिले सम्म सिकेको ज्ञान, सीपलाई विद्यार्थीहरुलाई वाँडने योजना पनि छ । विद्यार्थीहरुलाई गाइर्ड गर्ने, उनीहरुको रिर्सचमा सहयोग पुरयाउने योजना पनि वनाएको छु ।

3

सरकारी सेवामा आउँन चाहानेलाई सुझाव
पहिलो कुरा त भित्रै देखि एकदमै चाहाना हुनुपर्यो । इच्छा विना त त्यो ठाउँमा हामीले प्रयास पनि गर्नु हुदैन । इच्छा भएपछि प्रयास गर्नुपर्छ । प्रयास पनि यस्तो हुनु परयो सत प्रतिशत । सत प्रतिशत एफर्ट लगाउनु पर्छ । शक्ति तलमाथी हुन वित्तिकै उदेश्य पुर्ति हुन सक्दैन । नकारात्मक हैन सकारात्मक सोच लिनुपर्छ । उदेश्य पुर्तिको लागि पर्नुपर्छ । उदेश्य पुरा हुन पनि सक्छ नहुन पनि सक्छ । पुरा हुन वित्तिकै दंग पर्ने र पुरा नहुन वित्तकै निरास हुनुहुदैन । उदेश्य पुर्तिको लागि क्रियाकलाप गर्नुपर्छ । थ्याक टु द गड् ।

सफलताको श्रेय
सानोमा मेरो केही सपना पनि थिएन । पक्लिहवा क्याम्पसमा आइएसी एजी पढदा समेत मेरो कुनै सपना थिए । वीएसी एजी पढ्छु । जागिर खान्छु । ठुलो मान्छु हुन्छ भन्ने कुनै टार्गेट थिएन । सफलताको श्रेय घर परिवार, वुवाआमा, श्रीमति र गुरु आचार्य श्री पथिकलाई दिन्छु ।
निजामति कर्मचारीभित्र सफल र इमानदार कर्मचारीको छवि वनाउनु भएका उँहा सरकारी सेवामा प्रवेस गर्न चाहानेहरुलाई सत प्रतिशत मिहिनेत गर्न सुझाव दिनुहुन्छ ।
जीन्दकी भनेको सिकाई हो । भोगाई हो । यसमा धेरै घटनाहरु हुन्छ । कुनै घटना सकारात्मक हुन्छ । कुनै नकारात्मक हुन्छ । यस्ता घटनाहरुवाट पाठ सिक्दै अघि वढनुपर्छ ।
माथिल्लो तहका सहसचिव, सचिव लगायतसगँ बैठकमा वोल्ने, नीतिका कुराहरुमा पनि आफनो कुराहरु राख्ने, वैठकहरुमा पनि एकदमै धेरै अन्तक्रिया गर्न थाले । त्यो गर्दा गदौ एक/ दुई जनाले मलाई मार्क गर्नु भएको रहेछ ।
१६ वर्षसम्म शाखा अधिकृत नै भएर काम गरे । २०६६ सालमा उपसचिवमा वढुवा भयो । उपसचिव भएको साडे ३ महिनामै सहसचिव भए ।

(प्रकाश पन्तसँगकाे कुराकानीमा अाधारित)




फेसबुकबाट तपाईको प्रतिक्रिया