मधेस समस्या समधानका लागि संविधान संशोधनको पक्षमा छौ — अध्यक्ष कमल थापा

सुर्खेत, २५ भदौ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसको समस्या समाधान गर्न संविधान संशोसनको लागि आफनो दल तयार रहेको वताउनु भएको छ ।
मधेसको समस्या समाधानको लागि राप्रपा नेपाल सधै सकारात्मक रहेको उल्लेख गदै उहाँले समस्या समाधान हुन्छ भने संविधान संशोधनको लागि आफुहरु तयार रहेको वताउनु भयो ।
मिडिया नेपाल सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले संविधान संशोधनको लागि सत्तारुढ दलहरु नै जिम्मेवार रुपमा प्रस्तुत नभएको आरोप लगाउनु भयो ।
20160910_084231उहाँले संविधान संशोधनको लाग अहिलेसम्म सत्तारुढ दलहरुले आफुहरुसगँ कुनै पनि किसिमको सम्वाद नगरेको उल्लेख गर्नुभयो ।
मधेसको समस्या नेपालको आन्तरिक समस्या भएको उल्लेख गदै अध्यक्ष थापाले सत्तारुढ दलहरुले मधेस समस्या समाधान गर्न नभई संशोधन प्रस्ताव दर्ता गर्न मात्र उद्धत रहेको आरोप लगाउनु भयो ।
आगामी चैत्र महिनामा स्थानीय निकायको निर्वाचन हुनु पर्नेमा जोड दिदै उहाँले चुनाव नभए संविधान कार्यान्वयन नहुने वताउनु भयो ।
पत्रकार सम्मेलनमा राप्रपा नेपालका उपाध्यक्ष धवलशमशेर राणा, सहमहामन्त्री मुकुन्द्रश्याम गिरी, सुर्खेतका अध्यक्ष मानवहादुर खड्का लगायत नेता कार्यकर्ताको सहभागीता रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया