एमाले संसदिय दलका नेता कँडेलले बिहिवार नै सरकार गठनको दावी पेश गर्ने


सुर्खेत
नेकपा एमाले संसदिय दलका नेता यामलाल कँडेलले विहिवार सरकार गठनको दावी पेश गर्ने भएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार राजीनामा दिएपछि सत्ता गठबन्धनको तर्फबाट कँडेलले सरकार गठनको लागि दावी पेश गर्ने भएका हुन । ७ दिन भित्र सरकार गठनको लागि दावी पेश गर्ने भनिएपनि विहिवार नै सरकार गठनको लागि दावी पेश गर्छु ।
दुवै पार्टीको केन्द्रीय नेतृत्वले गरेको निर्णयलाई कार्यान्वयन गरेर जाने सहमति भयो, उनले भने, सरकारको नेतृत्वको विषयमा समस्या छैन । मन्त्रालय भागवन्डा, को को मन्त्री बन्ने, आलोपालो नेतृत्व लगाएतको विषयमा छलफल गर्न बाकी नै छ ।
मुख्यमन्त्री बनेसँगै यि सबै विषयहरु टुंगो लगाउने पनि कँडेलले बताए ।
एमाले र माओवादीका केन्द्रीय नेतृत्ववीच भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेका भागमा परेको थियो । तर मुख्यमन्त्री शर्माले सत्ता छाडनुको सटो विस्वासको मत लिन खोजेपछि दुई दलवीच अविस्वास पैदा भएको थियो । तर केन्द्रीय नेतृत्वको दवावका कारण लामो रस्साकस्सीपछि शर्मा राजीनामा दिन बाध्य भएका थिए ।
प्रदेशको कारण केन्द्रको सत्ता गठवन्धन नै जोखिममा पर्ने अवस्था देखिएपछि आफुले राजीनामा दिएको शर्माले बताए । उनले भने, पार्टीको निर्णय र निर्देशन भन्दा बाहिर जान सकिएन । स्वविवेकले निर्णय पनि गर्न दिइएन । त्यसैले राजीनामा दिइयो ।
उनले सरकारको नेतृत्व दुई दलले आलोपालो गर्ने विषयमा लिखित सहमति नै गर्नु पर्ने विषय नभएर स्वभाविक विषय भएको बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया