टुकमाया घर्ती
जाजरकोट-रिम्नामा साँस्कृतिक महाेत्सव लाग्ने भएको छ जाजरकोटको रिम्नामा “रिम्ना पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव “सञ्चालन हुने भएको छ । “जाजरकोट समृद्धीका आधार कला संस्कृति पर्यटन विकास र हाम्रा उद्योग व्यापार” भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो ।
स्थानीय पर्यटकिय क्षेत्र र कला साँस्कृतिलाइ उजागर गर्न महोत्सव आयोजना गरिएको महोत्सव संयोजक डिल्ली परियारले बताए । कला संस्कृति पर्यटन प्रवद्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजनामा महोत्सव सञ्चालनको तयारी गरिएको हाे ।
भुकम्पबाट प्रभावित भएर पनि मानिसलाई मनाेरञ्जन आवश्यक छ ।स्थानकाे अभावका बिचमा पनि कार्यक्रम भव्य र सभ्य बनाउन सबैले आवश्यक सहयाेग गरिदिन आह्वान गरिएको छ।
जिल्लामा रहेका नयाँ कलालाइ प्रस्फुटन तथा उजागर गर्नको लागि जाजरकोट रुकुम पश्चिमको सङ्गम स्थल रिम्नामा महोत्सव सञ्चालन गरिने भएको छ ।
महोत्सवमा स्थानीयसातै पालिकाका प्रतिनिधित्व हुने गरि निमन्त्रणा दिइएकाे त्रिवेणी युवा क्लवका अध्यक्ष निरज रानाले बताए। मँयुर नाच, सिंगारु नाच, पञ्चेबाजा, पैसेरु नाच ,पापीनी नाच , सोरठी नाच लगायतका प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
महोत्सव जेठ ७ गते देखि २० गते सम्म गरि १४दिनसम्म सञ्चालन हुने छ । महोत्सवमा विशेष गरी स्थानिय स्तरका जाजरकोट र रुकुममा उत्पादित कृषि जन्य वस्तुहरु (दहि, महि, घिउ, मह, सिस्नो, मकैको रोटी, कोदो, मकै, डोको, नाम्लो, लगायतका फरक फरक स्टलहरुमा विक्रि वितरण गरिनुका साथै अवलोकन गर्न सकिने छ ।
राष्ट्रिय तथा स्थानिय कलाकारहरुबाट साँस्कृतिक रूपमा प्रस्तुतीहरु रहनेछन् ।
महोत्सवमा अवलोकनका लागी रुकुम पूर्व, दाङ, रोल्पा, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, डोल्पा, प्युठान लगायतका दर्शकहरुकाे उपस्थित रहने आयोजकले जनाएको छ ।
राराखबर । २०८१, ३ जेष्ठ बिहीबार