दैलेखका युवाले एकै वर्षमा निकाले लोकसेवाको ६ पदमा नाम

सुर्खेत ।  लोकसेवा आयोगले लिएको परीक्षामा दैलेखका विशाल श्रेष्ठले एकैवर्षमा ६ पदमा नाम निकालेका छन् ।

नारायण नगरपालिका १ पुरानोबजारका श्रेष्ठले विभिन्न पदको परीक्षामा एकैवर्षमा ६ पदमा नाम निकाल्न सफल भएका हुन् ।

उनले वाग्मती प्रदेशअन्तर्गत इन्जिनियर प्राविधिक सातौं, संघीय सिभिल इन्जिनियर (रा.प तृतीय), संघीय बिल्डिङ एण्ड आर्किटेक्ट इन्जिनियर (रा. प तृतीय), नेपाली सेनाको उपसेनानी (प्राविधिक इन्जिनियर), नेपाल प्रहरीको प्रहरी निरीक्षक (प्राविधिक इन्जिनियर), वाग्मती प्रदेशमा सब इन्जिनियरमा नाम निकालेका हुन् ।

‘वैशाखदेखि नजिता आउन सुरु भएको कुनैमा फेल भएको छैन,’ विशाल भन्छन् । हाल उनी काडमाडौं महानगरको वडा २६ मा कार्यरत छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया