जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका -४, बाउसेखोलामा रहेको ज्ञानोदय प्राथमिक विद्यालयको परिसर अभिभावकले सरसफाई गरेका छन् ।

उनीहरुले करेसावारी निर्माणको साथै दुईकोठे फोहोर खाडल पनि खनेको विद्यालयका प्रधानाध्यापक सेतेन्द्र बोहराले बताए ।

सफा र सुन्दर विद्यालय बनाउनको लागि अभिभावकले आफ्नो सक्रियता बढाएको पनि उनले जनाए ।

नयाँ शैक्षिक सत्रसँग अभिभावकको सहभागीतामा नयाँ खालका अभियान पनि संचालन गर्ने विद्यालयले जनाएको छ । तस्वीरहरु सेतेन्द्र बोहरा
राराखबर । २०७६, २१ फाल्गुन बुधबार