सुर्खेत
कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेश सरकारले कृषकलाई ब्याज सहुलियत दिन लागेको बताएकी छन् ।
बुधवार साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाले बीरेन्द्रनगरमा गरेको कार्यक्रममा उनले कृषिमा दिएको अनुदानममा हुने दुरुपयोग रोक्न व्याज सहुुलियत दिने कार्यक्रम ल्याउन लागेको बताइन् ।
ब्याज अनुदानका लागि व्यवसायिक कृषि तथा पशुपन्छी पालन ब्याज अनुदान कार्यक्रम कार्यविधि पनि पारित भैइसकेको उनले जानकारी दिइन् ।
व्यवसायिक कृषकले अधिकतम एक करोडसम्मको ऋणको ब्याजमा ७ प्रतिशत अनुदान पाउने छन् ।
कर्णालीका किसानलाई आत्मनिर्भर बनाउन, आयस्रोत बढाउन र अनुदान दुरुपयोग रोक्न सहुलियत ब्याजले सहयोग गर्ने मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले बताए ।
यो कार्यविधीले अनुसार पहुँच नभएका, गरिव, विपन्न तथा वास्तविक किसानले सुविधा पाउने उनले दावी गरे ।
यस्तै कृषि निर्देशक चित्रबहादुर रोकायले किसानलाई व्याज अनुदानका साथै ज्ञान, सीप र प्रविधी हस्तान्तरणले किसानको आयस्तर बृद्धिमा टेवा पुग्ने बताए ।
कार्यक्रममा आयोजना निर्देशक गोकर्ण अर्याल, सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेललगायत विभिन्न कृषि समुह र सहकारीका प्रतिनिधीले आफ्नो भनाई राखेका थिए ।
राराखबर । २०७६, २२ फाल्गुन बिहीबार