जाजरकोट
नेपाल कम्युनिस्ट पार्टी भेरी नगरपालिका जाजरकोटको आयोजनामा भेरी नगरपालिका ७ स्याउलीमा पूर्व माओवादी नेता विशाल चनाराले बैज्ञानिक समाजवाद नेपाली जनताको लागि उत्तम र उत्कृष्ट ब्यवस्था भएको बताए ।
संसदीय व्यवस्थाको बिकल्प बैज्ञानिक समाजवाद भएको उल्लेख गदै यो प्राप्तीको लागि एकीकृत जनक्रान्तिको थालेको दावी गरे ।

उनले आवश्यक परे उत्पीडित समुदायको अधिकारको लागि बलिदान गर्न समेत पछि नपर्ने बताए ।
कार्यक्रममा अखिल क्रान्तिकारिक केन्द्रीय सदस्य प्रेमबहादुर शाही वैज्ञानिक समाजवादको गोलवद्ध हुन सबैलाई आग्रह गरे ।
कार्यक्रममा अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष बिराजन शाहीले स्वागत गरेका थिए ।
राराखबर । २०७७, १९ आश्विन सोमबार