अन्ततः गले कर्णालीका मुख्यमन्त्री शर्मा

सुर्खेत

राजीनामा नदिने विस्वासको मत लिने भनेर अड्डी कस्दै आएका कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा अन्ततः गलेका छन् ।
उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने र त्यसपछि राजीनामा दिने अडान राखेका थिए । तर गठबन्धनमा भएको सहमतिबमोजिम बुधबार दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकपछि मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिन तयार भएका हुन् ।

संसदको कार्यसुचीमा भने मुख्यमन्न्रीले विश्वासको मत लिने प्रस्ताव पेश हुने उल्लेख थियो । तर केन्द्रको निर्देशनबमोजिम मुख्यमन्त्री शर्माले राजीनामा दिने बताएका छन् ।

केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णयअनुसार कर्णालीमा मुख्यमन्त्री नेकपा एमालेलाई दिने सहमति छ । त्यसअनुसार अहिले केहीबेरमै प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले सम्बोधन गर्दैछन् ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले केन्द्रको निर्णय र अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेको बताए।




फेसबुकबाट तपाईको प्रतिक्रिया