बीरेन्द्रनगरमा साउन बाथ र स्टिम सेन्टर संचालन

सुर्खेत, ११ कार्तिक
कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा जापानी प्रविधियुक्त साउना बाथ र स्टिम सेवा संचालन भएको छ । विद्युतिय उपकरण जडित कोठामा बसेर साउन बाथ र स्टिम गरिन्छ । विद्युतबाट ताप निकालिएको छ । यसले शरीरका बिकारहरु पसिनाको माध्यमबाट बाहिर जान्छ ।


साउना बाथ र स्टिमको प्रयोगले धुम्रपान र मध्यपानबाट उत्पन्न स्वास्थ्य समस्याको जोखिमलाई न्युनीकरण गर्ने, शरिरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउने, छाला नरम, चिल्लो र चम्किलो बनाउने गर्छ । यस्तै खोकी, पिनास, एलर्जी, खकार र श्वासनलीको समस्याबाट पनि छुटकारा दिलाउने संचालक जीवन विसीले बताए ।
महिनामा एक हजार पाँचसय रुपमा शुल्क लाग्छ । महिलालाई हरेक हप्ताको सोमबार र शुक्रबार छुट्याइएको छ भने पुरुषहरुले अन्य पाँच दिन वाथको सुविधा लिन सक्ने पनि उनले बताए । बीरेन्द्रनगर नगरपालिका ८ आवासक्षेत्रमा रहेको मानसरोवर होटेलको माथिल्लो तलामा यो सेवा संचालन गरिएको छ ।
जीवन विसी र होम डांगीले करिब १७ लाखको लगानीमा साउन बाथ र स्टिम सेन्टर संचालन गरेका हुन । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल सेन्टरको शुभारम्भ गरेका हुन । सेन्टर संचालनपछि यहाँका धेरै नागरिकले राहात पाउने मन्त्री रावलले उल्लेख गरे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया