
तस्वीर विबेककुमार शाही ।
सुर्खेत, ७ असोज ।
सुर्खेतको बीरेन्द्रनगरवाट चिङगाड गाउँपालिकाको मटेला जादै गरेको बसको छतवाट खसेर जाजरकोटका २ जना युवा घाइते भएका छन । रातानांला धरमपोखरा सडक खण्डको भीउचुला नजिकै छतवाट खसेर शीवालय गाउँ पालिका ५ थालाका यामबहादुर शाही र ६ सुगुरखालका भीमबहादुर थापामगर घाइते भएको शीवालयका स्थानीय युवा विवेककुमार शाहीले बताए ।
घाइते दुवै जना युवाको अहिले बीरेन्द्रनगरमा रहेको माया मेडिकल हलमा उपचार भैइरहेको पनि उनले वताए । घाइते भीमबहादुर थापाको खुट्टा भाँचिएको र ओठमा ४१ वटा टाँका लागेको र यामबहादुरको देव्रे हात भाँचिएको इन्द्र ज्योति मावि थालारैकरका पूर्व प्रधानाध्यापक मानबहादुर थापाले बताए ।
यसैवीच जाजरकोटका संसाद राजिव विक्रम शाहले घाइते दुवै जनाको निशुल्क उपचारको व्यवस्था मिलाउने बताएका छन
उनले घाइतेहरुको निशुल्क उपचारमा गर्न यातायात व्यवसाय समितिलाई आग्रह गरेका छन ।
राराखबर । २०७४, ७ आश्विन शनिबार