महायज्ञस्थलमा विशेषज्ञ डाक्टरद्वारा निःशुल्क स्वास्थ्य चेकजाँच र उपचार सेवा


सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा चलिरहेको श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञ स्थलमा निशुल्क स्वास्थ्य चेकजाँच चलिरहेको छ ।
प्रदेश अस्पताल र अरु नीजि अस्पतालहरुमा कार्यरत विशेषज्ञ डाक्टरहरुले निुशल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाएको महायज्ञ आयोजक मूल समितिका संयोजक डा. नवराज केसीले बताए ।
बरिष्ठ फिजिसियन डा. केएन पौडेल, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपक कँडेल, हाडजोर्नी तथा नसारोग  विशेषज्ञ डा. शुभ श्रेष्ठ,  हाडजोर्नी तथा नसारोग  विशेषज्ञ डा. किशोर बिष्ट, मानसिक रोग विशेषज्ञ डा. सुशिल समदर्शीलगायतका डाक्टरहरुले निशुल्क उपचार गर्नेछन् ।
उपचार र स्वास्थ्य चेकजाँचलाई सहज तुल्याउनको लागि कर्णाली केयर अस्पतालसँगको सहकार्यक्रमा महायज्ञस्थलमा स्वास्थ्य चेकजाँच तथा परामर्श केन्द्र पनि राखिएको छ ।
अरु सेवाको साथै महायज्ञस्थलमा फिजियोथेरापी सेवा समेत दिइने आयोजकहरुले जनाएका छन् ।
आश्रयविहीनहरुलाई आश्रय दिनको लागि मानव सेवा आश्रमको भवन निर्माण गर्न हिजोदेखि बीरेन्द्रनगरको खुलामञ्चमा महायज्ञमा सुरु भएको छ ।
मंसिर २८ गतेसम्म चल्ने महायज्ञमा करिव पाँच करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको मुल आयोजक समितिले जनाएको छ ।
वीरेन्द्रनगरको खुल्लामञ्चमा हुने महायज्ञबाट ५ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको महायज्ञ मूल आयोजक समितिले गरेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया