मप विश्वविद्यालय स्ववियु सभापतिमा सात जनाको उम्मेदवारी (सूची सहित)

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापतिको लागि ७ जनाको उम्मेदवारी परेको छ । यही भदौ २८ गते हुने स्ववियु निर्वाचनका लागि विभिन्न दलसँग आबद्ध विद्यार्थी सङ्गठन र स्वतन्त्र सहित ७ जनाले सभापतिमा उम्मेदवारी दिएका हुन् ।

शुक्रवार भएको मनोनयन दर्तामा नेविसंघ, अनेरास्ववियु, अखिलक्रान्तिकारी, नेपाल क्रान्तिकारी विद्यार्थी संघ सहित ५ जनाले विद्यार्थी सङ्गठन र दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत त्रिभुवन विसीले जानकारी दिए ।

निर्वाचन अधिकृत विसीका अनुसार सभापतिको उम्मेदवारी दिनेहरूमा नेपाल विद्यार्थी संघबाट रोशन बस्नेत, अनेरास्ववियुबाट जगतजंग शाही, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट उमेश उपाध्याय, अखिल क्रान्तिकारीबाट दीपक खडका, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार, स्वतन्त्रबाट  युवराज चपाई र दीपेश चन्द रहेका छन् ।

यस्तै सचिव पदका लागी  नेविसंघबाट भूपेन्द्र आचार्य, अनेरास्ववियुबाट विजय कार्की, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट सन्देश शाही, अखिल (समाजवादी) बाट चिन बहादुर सहकारी, स्वतन्त्रबाट सबिन रोकाय रहेको छन् ।

कोषाध्यक्षमा नेविसंघबाट हिमाल कोइराला, अनेरास्ववियुबाट सीता रोकाय, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी  सङ्गठनबाट संगिता कुमारी शाही, अनेरास्ववियुबाट दिल बहादुर शाही, स्वतन्त्रबाट धनु रोकायले उम्मेदवारी दिएका छन् ।

हेर्नुहाेस् उम्मेदवारहरूकाे सूची : 

 

Social tagging:



फेसबुकबाट तपाईको प्रतिक्रिया