देउडा र दोहोरीमा जमेकी विपनालाई भ्याइ नभ्याइ

सुर्खेत-
पश्चिम नेपालकै लोकप्रिय कलाकारको रुपमा उदाएको विपना सिंह यतिवेला कलाकारितामा निकै व्यस्त छिन् ।
गत माघ महिनामा राजधानी काठमाडाै  पसेकी उनले इन्द्रेणीका छत्र शाहीसँग कडा देउडा र कृष्ण कंडेलसँगको देउडा व्याटलमा  लाखौं दर्शकको मन जित्न सफल भएपछि राजधानीमै जम्न पुगिन ।
काठमाण्डौंका प्राय लाइभ दोहोरी , रेकर्डिङ स्टुडियो , इन्द्रेणीमा दोहोरी गायनका साथै टिभी टुडेको लोकप्रिय बाडुली कार्यक्रमको सञ्चालन गरेर व्यस्त समय बिताउन परेको उनले बताइन्वि ।
कालिकोटकी विपना कलिलो उमेरमै प्रत्यक्ष गायन सँगसँगै आफ्न‍ो व्यस्तता कर्णाली र सुदूरका दर्शकहरुको मायाका कारण प्रत्यक्ष देउडा खेलमा झनै बढी समय दिनु परिरहेको बताउछिन् ।
केही समयअघि भारतको बैंङलोरमा आयोजित एउटा मात्र सांगितिक कार्यक्रममा सहभागी भएकी उनी  यो हप्ता  भने  बझाङको सुर्मा र हुम्लाको सिमिकोटमा आयोजित देउडा विशेष कार्यक्रममा पुगेर फर्केकी छन् ।
दर्शकको व्यापक मायाको कारण पढ्ले लेख्ने उमेरमा पढाइ सँगसँगै कलाकारितालाई अघि बढाउन हम्मे हम्मे भएको बताउने विपना १२ वर्षे उमेरदेखि कलाकारितामा प्रवेश गरेकी थिइन ।
यतिबेला १८ वर्ष टेकेकी उनी स्टुडियोहरु मध्यमा सबैभन्दा धेरै आनन्द धेरैभन्दा धेरै दर्शकहरुका बिचमा इन्द्रेणीमा गाउँदा आउने गरेको र इन्द्रेणी भन्दापनि धेरै आनन्द त हजारौं दर्शकका बिच प्रत्यक्ष देउडा खेल्दा आउने गरेको बताउँछिन् ।
दोहोरीमा विशेषगरी राजु परियार , प्रकाश पराजुली , चिज गुरुङ र छत्र शाहीसँग गाउँदा रमाइलो टक्कर हुने गरेको बताउने विपना देउडामा नेत्रराज शाही , शंखर मल्ल र पुष्पराज आचार्यसँग नै रमाइलो र कडा टक्कर हुने गरेको सुनाउछिन् ।
धेरैजसो कलाकारहरु दुई दिन भाइरल भएर एकाएक लोप हुने गरेकोमा आफुलाई भाइरल भैरहने भन्दापनि सदा दर्शकको मनमा बसिरहने विषयनै महत्त्वपूर्ण रहेको उनी बताउछिन् ।
खासगरी सचेत घरपरिवार हुनुको कारण बुवा पूर्व पत्रकार हाल राजनीतिकर्मी चित्रसिंह गाउँले र आमा स्थानीय गायिका जर्मा सिंहको साथ सपोटले अब आफू आफ्नो खुट्टामा आफै उभिएर देश विदेश धाउन सक्ने अवस्थामा पुगेको विपनाको बुझाई छ ।
व्यस्तताको र रेकर्डिङ गीतका लागि आवाज बिग्रिन सक्ने चिन्ताले गर्दा राजधानी बाहिरका कैयौं लाइभ देउडाका कार्यक्रममा आफुले समय दिन नसकेर अन्य साथिहरुलाई पठाउने गरेको पनि उनी बताउँछिन ।
 विशेषगरी महोत्सव र मेला विशेषमा देउडा खेलका लागि विपनालाइ महिना दिन अगाडि देखिनै आयोजकहरुले समय फिक्स गर्ने गरेको उनको बुवा गाउँलेको भनाई छ ।
विपनाले सुदूरका र कर्णालीका दार्चुला बाहेक सबै जिल्लामा देउडा खेलेको उनले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया