डम्बरकुमारी खड्काद्वारा ६ लाख ५५ हजार ५५५ सहयोग


सुर्खेत
सुर्खेत बीरेन्द्रनगर निवासी डम्मर कुमारी खड्काले मानव सेवा आश्रमको भवनको एक कोठा निर्माणका लागि ६ लाख ५५ हजार ५५५ रुपैया सहयोग गरेकी छन् ।
बुधवार महायज्ञस्थलमै आएर उनले रम्भा के.सी ढकाल, भक्त बहादुर ढकाल, प्रयत्न र प्रसंग ढकालको तर्फबाट उक्त रकम प्रदान गरेको महायज्ञ आयोजक मुल समितिका संयोजक डा. नवराज केसीले बताए ।
मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।
मानवसेवा आश्रमले सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि मंसिर २१ शुक्रबारदेखि श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन गर्दै आएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया