सुर्खेत – स्वर्गीय क्याप्टेन दिनेश प्रतिष्ठानले मानव सेवा आश्रमलाई १ करोड दान गरेको छ ।
उक्त रकमले स्वर्गीय क्याप्टेन न्यौपानेको स्मृतीमा नयाँ बन्ने मानवसेवा आश्रम परिसरमा जेष्ठ नागरिक मनोमञ्जन पार्क निर्माण गरिने भएको हो ।
कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञ सुर्खेतको वीरेन्द्रनगरमा जारी छ ।
शुक्रवारदेखि सुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २८ मंसिरसम्म चल्ने छ । बुधवार महायज्ञ स्थलमै पुगेर प्रतिष्ठानका संरक्षक कृष्णा न्यौपाने भुषालले उक्त रकम बराबरको पार्क निर्माण गर्ने घोषणा गरेकी हुन् ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको ९ एन ए जेबी काष्ठमाण्डप एयरको जहाज २०७२ साल फागुन १४ गते कालिकोटको चिलखाया भन्ने स्थानमा दुर्घटनामा पर्दा जहाजमा सवार ९ जना यात्रु सकुशल रही विमानका सहचालक सन्तोष राना र क्याप्टेन दिनेश न्यौपानेको मृत्यु भएको थियो।
राराखबर । २०८१, २६ मंसिर बुधबार