वडाबाटै कृषि र पशु सेवा दिने नलगाड -४,लहँ कर्णालीकै पहिलो वडा

भाष्कर रावल
जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका वडा नम्वर ४ ले वडामा कृषि र पशु सेवा सुरु गरेको छ । आफ्नै वडावाट कृषि र पशु सेवा दिने लहाँ सम्भवत कर्णाली प्रदेशकै पहिलो वडा बनेको छ ।
शुक्रवार विशेष कार्यक्रमका वीच दुई वटा सेवाको उद्घाटन गरिएको छ । वडाध्यक्ष वद्री पन्तको विशेष पहल र सक्रियताले गर्दा कृषि र पशु सेवा कार्यालय वडामै आएको नगरपालिकाले जनाएको छ ।


घरदैलोवाटै कृषि र पशु सेवा पाउने भएपछि वडाबासी निकै खुशी भएका छन् । यसअघि यि सेवाहरु वडा नम्वर ४ लहँबासीले दल्लीवाट लिदै आएका थिए ।
अव किसानले पशुचौपाय विरामी पर्दा उपचार गर्न , उन्नत जातको घाँसको वीउ लिन, कृषिका वीउ विजनजस्ता सेवा सुविधाहरु घरदैलोबाटै लिन सक्ने वडाध्यक्ष पन्तले बताए ।
उनले भने, वडावासीको सुविधाको लागि कृषि र पशु सेवा कार्यालय ल्याउन पहल गरेको हुँ । वडा कार्यालयको पुरानो भवनलाई मर्मत गरी उक्त कार्यालयबाट सेवा दिन थालिएको पनि उनले बताए ।


कृषि र पशु सेवा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै संघिय सासद मैना कार्की, प्रदेश सभा सदस्य वेदराज सिंह, पूर्व नगरप्रमुख टेकबहादुर रावल, उप प्रमुख सरिता सिँह, वारेकोट गाउँपालिकाका पूर्व अध्यक्ष महेन्द्र शाह, समाजसेवी छवि पन्त, भक्तबहादुर ओली, जयबहादुर रावललगायतले सेवालाई प्रभावकारी र सृदिढ वनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

कार्यक्रममा नलगाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ठकेन्द गिरी, २ का वडा अध्यक्ष पुर्ण खत्री, ५ का वडा अध्यक्ष ओमराज वली, पुर्व वडा अध्यक्ष लक्ष्मी रावल, समाजसेवी धुर्व गौतम, जिल्ला कृषि बिकास कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख टोपेन्द विक, नलगाड कृषि शाखा प्रमुख बालकृष्ण आचार्य, पशु पन्छी विकास शाखा सशिराम वली, नेपाल पत्रकार महाँसंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मालगायत सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत आम जनसमुदायको सहभागीता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया