टुकमाया घर्ती
जाजरकाेट
घरेलु प्याड बनाउने तालिम सम्पन्न भएको ।सुसुवा परियाेजना अन्तर्गत उक्त कार्यक्रम सञ्चालन भएको थियो ।मर्यादित महिनावारी व्यवस्थापन, घरेलु प्याड निर्माण,भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रम नलगाड नगरपालिका ५काे खन्टाकुरामा सञ्चालित थियाे । कार्यक्रमकाे प्रमुख अतिथि नलगाड नगरपालिका ४कि वडा सदस्य नानीकला कामीले गरेकी थिइन्।
सबै जना सहभागीलाई तालिममा पहिले आफुले सिकेर व्यवहारमा लागू गर्नुपर्ने कुरामा जाेड दिइन् ।
महिनावारीलाई व्यवस्थापन गर्न ,छाउपडी प्रथा अन्त्य गर्न, घरेलु प्याड निर्माण गरि स्वराेजगार हुने किशाेरी समुहकी सदस्य डिलसरा खड्का बताउँछिन् ।
कर्णालीका१०जिल्लाका२८नगरपालिकाका परियाेजना सञ्चालन गरेकाे छ।
कार्यक्रमका सामाजिक सहजकर्ता गणेश शर्मा ढकाल बताउँछन् ।
वडा स्तरिय मर्यादित महिनावारी व्यवस्थापन समिति गठन गरिएको हाे। याे परियाेजनाले पिछिडिएकाे क्षेत्रलाई समेटेकाे छ ।सङ्गै दुर्गममा रहेका महिलाकाे स्वास्थ्य ,खानेपानी र स्वच्छतालाई विशेष प्राथमिकता राखेकाे छ ।
१०० जनालाई कार्यक्रम समेट्न सकिने र नलगाड नगरपालिकालाई पुर्ण सरसफाइ युक्त नगरपालिका बनाउने लक्ष्य रहेकाे ढकालले बताउँछन् नलगाड नगरपालिकाका ४र५ वडाका २३जनालाई प्याड बनाउने तालिम दिइएको छ।
कार्यक्रममा किशाेरी समूह ,आमा समूह,बाल क्लव,शिक्षिकाहरुकाे सहभागीता रहेकाे थियाे।
अवका कार्यक्रम नलगाड नगरपालिकाका वडा नम्बर ३, ५, ८, र १३ मा कार्यक्रम सञ्चालन गरिनेछ।चेतना केसीले घरेलु प्याड निर्माण गर्न सिकाएकी थिइन्।
राराखबर । २०८२, ७ पुष सोमबार