सुर्खेत, २ माघ ।
पछिल्लो समय कर्णाली प्रदेश कृषि विकास निर्देशनालयले कृषि क्षेत्रसँग सम्वन्धीत विकास निर्माणका कामहरुको अनुगमनलाई तिव्रता दिएको छ । निर्देशनालयबाट संचालित कृषि सड्क, सिचाईलगायतका कामको अनुगमन थालिएको हो ।
निरन्तरको अनुगमनले योजनाहरु समयमै निर्माण सम्पन्न गर्न र गुणस्तरीय बनाउन सघाउने निर्देशक चित्रबहादुर रोकायले बताए ।
निर्देशक रोकायसहितको टोलीले बुधवार गुर्भाकोट नगरपालिकाको गुमीमा निर्माण भैइरहेको बेतेनीखोला सेराघारी सिचाई आयोजनाको स्थलगत अनुगमन गरेको छ ।
२५ लाख रुपैया लागतमा निर्माण भैइरहेको आयोजनाको करिव ५० प्रतिशत काम सकिएको पाइएको निर्देशक रोकायले बताए ।
सिचाई सुविधासगै अन्नवाली उत्पादनमा बृद्धि हुने र किसानको जीवनस्तरमा परिवर्तन आउने उनको विश्वास छ ।
सिचाई आयोजना निर्माणपछि गुमीको करिव ५२ हेक्टर खेतवारीमा सिचाई सुविधा पुग्ने निर्देशनालयका योजना अधिकृत यामबहादुर रानाले जनाए ।
अनुगमनको क्रममाम उपभोक्ता समितिका अध्यक्ष मानबहादुर पंगालीले २५ लाख रुपैयाले ४ सय २५ मिटर मात्र कुलो पक्की हुने भएकोले वाकी कुलो पक्की बनाउन थप सहयोगको लागि अनुगमनटोलीसँग आग्रह गरेका छन् ।
निर्देशनालयबाट निर्देशक रोकाय, योजनाअधिकृत राना र प्राविधिक सहायक महेश चन्दले अनुगमन गरेका थिए ।
यसैवीच गुमीकै सेराघारीमा लक्षित बर्ग आर्गनिक कृषि व्यवसाय प्रर्वद्धन कार्यक्रम कार्यान्वयन गर्न बुधवार नै उपभोक्ता समिति गठन गरिएको छ ।
प्रदेश सभा सांसद ठम्वरबहादुर बिष्टको पहलमा उक्त टोलका गरिव तथा विपन्न अवस्थाका किसानलाई व्यवसायिक कृषितर्फ आर्कषित गर्न ४० लाख रुपैया परेका छ ।
कार्यक्रममा सांसद विष्टले व्यवसायिक रुपमा अघि बढेर आयआर्जन बृद्धि गर्न टोलबासीलाई सुझाव दिए
यस्तो खालको कार्यक्रम ४० वटै निर्वाचन क्षेत्रमा परेको भन्दै उनले अरु निर्वाचन क्षेत्रको भन्दा उदाहरिणय काम गरेर देखाउन पनि सेराघारीबासीलाई आग्रह गरे ।
कृषिसँग सम्वन्धीत विभिन्न कार्यक्रम संचालन गर्न गुमीमा मात्रै डेढ करोड रुपैया आएको उल्लेख गदै उनले कार्यक्रम राम्रो गरे थप बजेट हाल्न पनि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा कृषि निर्देशक चित्रबहादुर रोकायले ठोस नजिता आउने गरी काम गर्न किसानलाई आग्रह गरे ।
उनले कार्यक्रमले किसानलाई व्यवसायिकरण, यान्त्रीकरण र आधुनिकीकरणतर्फ आर्कषित गर्न सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।
यस्तै योजना अधिकृत यामबहादुर रानाले आफ्नो लागि अनुकुल हुने खालेको व्यवसायिक योजना बनाएर अघि बढन किसानलाई सुझाव दिए ।
उक्त कार्यक्रममा सहभागी किसानहरुले लक्षित बर्ग कार्यक्रम अन्तर्गत आफुहरुले तरकारी खेती, बाख्रापालन, बंगुरपालन र कुखुरापालन गर्ने सोच बनाएको बताए ।
कार्यक्रममा सहभागी किसानहरुको भेलाले गणेश सुनारको अध्यक्षतामा ७ सदसिय उपभोक्ता समिति गठन गरेको निर्देशनालयका प्राविधिक सहायक महेश चन्दले बताए । तस्वीरहरु महेश चन्द, कृषि प्राविधिक सहायक, कृषि विकास निर्देशनालय, सुर्खेत ।
राराखबर । २०७६, २ माघ बिहीबार