
टुकमाया घर्ती
जाजरकोट
नसर्ने राेग व्यवस्थापन कार्यक्रम निरन्तर रुपमा पाैष १० गते बिहिवार पनि सञ्चालन गरिएको छ । आयूर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले नलगाड -४ लहँमा दिइने सेवालाई निरन्तरता दिएको छ ।
साथै पाैष १० गते सार्वजनिक विदा भएतापनि कार्यक्रम साेही अनुरुप भएको हाे ।
कार्यक्रममा लिलावती बस्नेत भन्नहुन्छ,गाउँमै यस्तो सेवा सुविधा लिन पाएकाेमा खुसीले गदगद भएको छु साथै अर्की सुत्केरी चन्द्वा बस्नेत पनि आयुर्वेदिक औंषधीले राम्रोसँग काम गर्ने भएकोले धन्यवाद व्यक्त गर्छिन्।
उक्त कार्यक्रममा ६६जना जेष्ठ नागरिकलाई च्यावनप्राश ,अश्वगन्धा,महा नारायण तेल, वितरण गरिएको थियोे ।
६महिनासम्मका सुत्केरी महिला १३जनालाई दुधकाे मात्रा बढाउने ,शतावरीचुर्ण,दशमूल तेल वितरण गरिएको थियाे। साथै ६८जनाकाे ब्लड सुगर अर्थात चिनी राेग परिक्षण गरिएको थियाे।
जेष्ठ नागरिकको तनाव कम गर्ने, अनिद्वा,सामान्य कमजाेरी,,श्वासप्रश्वास ,रुघाखोकी ,चिसाेबाट बच्न दमका राेगीलाई उक्त औंषधी,वितरण गरिएको हाे।
सुत्केरी महिलामा बच्चालाई दुधकाे कमीले हुने कुपाेषणबाट बचाउन मद्दत गराउने आयुर्वेद स्वास्थ केन्द्र जाजरकोटका डाक्टर सुदर्शन पाेखरेल बताउनुहुन्छ। साेही स्थानबाट महिला ७४ र पुरुष ३७जना गरेर १सय ११ जनाले स्वास्थ्य सेवा लिएका हुन्।
राराखबर । २०८२, ११ पुष शुक्रबार