सुर्खेतमा ढुङ्गाले च्यापिएर महिलाको मृत्यु

सुर्खेत । सुर्खेतमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ बस्ने ३८ वर्षीया ज्योती वली हुन् ।

बिहीवार बिहान गुर्भाकोट नगरपालिका–७ सानोठकेनीमा दसैँको घर सजावटकाे लागि खोलाको छेउमा माटो खन्ने क्रममा खसेकाे ढुङ्गाले च्यापेर वलीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।

उनका अनुसार हाल इलाका प्रहरी कार्यालय छिन्चुकाे टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया