बद्री पन्त
जाजरकोट २४, पुस
जाजरकोटको नलगाड नगरपालिका ४ लहँ खालचौर स्थित स्वास्थ्य चौकीको प्रसुती गृहको भवन विगत ९ बर्षदेखि ताला लागेको छ । बत्ती, पानी, घेरावार, आवश्यक औजारको अभावमा उक्त भवन प्रयोग विहिन भएको पाइएको हो ।
समुदाय सहयोग कार्यक्रम केयर नेपाल संस्थाको ९ लाख ८० हजार आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको समन्वयमा २०६७÷०६८ सालमा उक्त भवन निर्माण भएको थियो । भवन प्रयोगमा नआउदा महिलाहरुलाई सुरक्षित सुत्केरी सेवा दिन समस्या भएको स्वास्थ्य चौकीकी अनमी जयन्ती शाहीले बताउनु भयो ।
प्रसुती गराउँन समस्या छ, पुरानो जिर्ण भवनको एउटा कोठाबाट सेवा प्रवाह हुदै आएको अनमी शाहीले भन्नु भयो । नयाँ भवन वनेको छ, प्रयोगमा छैन यसले समस्या वनाएको छ, शाहीले भन्नु भयो । दिनमा ३/४ जना महिलाहरु सुत्केरी हुन आए भने राख्ने ठाउँ नै हुदैन, खुला ठाउँमै राखेर भएपनि सेवा दिनु पर्ने बाध्यता छ, शाहीको भनाइ छ । भवन प्रयोग विहीन हुदा सेवा दिन कठिन भई रहेको छ, शाहीले बताउनु भयो ।
९ बर्ष वित्दा समेत सुत्केरीको लागि बनेको घर प्रयोगमा नआउनु दुखको विषय भएको अहेवा कृष्णबहादुर शाहले बताउनु भयो । खानेपानीको व्यवस्था, विजुली वत्तीको व्यवस्था, वरीपरी घेरावार, सुत्केरी गराने वेड लागाएतको व्यवस्था नहुदा यो भवन प्रयोगमा आउन नसकेको अहेव शाहको भनाइ छ । स्वास्थ्य संस्थामा वजेट नहुने र वडा, नगर, जिल्लाबाट वजेट व्यवस्था नहुदा भवन प्रयोगमा ल्याउन नसकिएको हो, शाहले भन्नु भयो । यसतर्फ सरोकारवाला निकायले चासो दिएको देखिदैन ।
यो संस्थामा साविकको लहँ गाविसको वडा १ भारगाउँ, २ को थाप्ला, ३ को मानचौर, ४ को माझगाउँ, ५ को बाँउसेखोला, ६ को पोखरा, ७ को मुली, ८ को ऐराडि, ९ गर्छीनाबाट महिलाहरु स्वास्थ्य जाँच तथा सुत्केरी हुन आउने गर्छन । तर भवनको उचित व्यवस्थापन नहुदा महिलाहरु सुत्केरी सेवा लिन संस्था वाहिर जाने गरेका छन् ।
राराखबर । २०७५, २४ पुष मंगलवार