सुर्खेतमा नक्कली लालपुर्जा बनाउने गिरोह सक्रिय

nakkli lalpurja

नक्कली लालपुर्जा .

सुर्खेत, ७ असार ।

पछिल्लो समयमा नक्कली पाइलट र नक्कली डाक्टरको खबरले देशभरी सनसनी मच्चाइ रहेको वेला सुर्खेतमा भने नक्कली लालपुर्जा फेला परेको छ ।

मालपोत कार्यालयका कर्मचारी र जग्गा दलालको मिलेमतोमा नक्कली लालपुर्जा वनाउने गिरोह सक्रिय भएको पाइएको छ । नक्कली लालपुर्जा वनाएर सर्वसाधारण ठग्ने गरेको रहस्य खुलेको छ । जग्गा दलाल र कर्मचारीको मिलेमतोमा फर्जी लालपुर्जा वनाएर सर्वसाधारणवाट मोटो रकम असुल्ने गरेको पाइएको छ ।
नक्कली लालपुर्जाको फन्दामा दैलेखकी ३० वर्षिया पवित्रा थापा पर्नु भएको छ । वर्षदिन अघि वीरेन्द्रनगर–१८ पतेनीमा किनेको जग्गामा घर वनाउनको लागि नक्सा पास गर्न नगरपालिका जादा जग्गा नै नभएको फेला परेपछि थापाले आफु ठगिएको थाहा पाइन । ८ लाख रुपैया हालेर किनेको ६ मिटर जग्गाको लालपुर्जा नक्कली भएपछि अहिले उनी न्यायको लागि भौतारिरहेकी छन् ।
घर बनाउनको लागि ट्रेस नक्सा बनाउन भनी नापीमा पुग्दा हाकिमले जग्गा नभएको कुरा सुनाएपछि पवित्रालाई छाँगाबाट खेसेझैँ भयो । श्रीमानले विदेशमा दुःख गरी पठाएको पैसाले घर बनाउने सपना बोकेर ट्रेस नक्सा बनाउन नापीमा पुगेकी पवित्राको आफ्नो जग्गा कार्यालयको रेकर्डमा छैन भन्ने सुनेपछि होस हरायो ।
आफ्नै गाउँका काका ससुरा नाता पर्ने व्यक्तिले चिनाइदिएको निराजन रानाले नक्कली लालपुर्जा वनाएर दिएको उनले बताइन । निराजनले आफुलाई ६ मिटर जग्गा देखाएपछि बैना स्वरुप तीनलाख रुपैयाँ पहिले नै दिएको पवित्राले बताइन ।
सामान्य लेखपढ मात्र गर्न जानेकी थापाले भनिने लालपुर्जा बनाउने प्रक्रिया सबै निराजनले नै गरेको र अन्तिममा लाप्चे मात्र लगाएको उनले वताइन । उनी भन्छिन ‘लालपुर्जा बनाउँदा मलाई कार्यालय बाहिरै बस्न भन्यो,’ ‘भित्रबाट लालपुर्जा बनाएर ल्याप्चे लगाउन पठायो भन्योे र लालपुर्जा हातमा थम्याउँदै बाँकी रकम पठाउन भनेपछि हामीले पनि बुझ्दै नबुझी पाँच लाख रुपैयाँ पठाइदियौं ।’
लालपुर्जामा मालपोत कार्यालय प्रमुख काँसीराम खत्रीको हस्ताक्षर र कार्यालयको छाप लगाएको छ । पवित्राले हाकिमको हस्ताक्षर र कार्यालयको छाप लागेको लालपुर्जा कसरी नक्कली भयो भनि खत्रीसँग बुझ्दा उहाँले मेरो जागिर खानलाई तपाईहरुले यस्तो गर्नुभएको हो ? भन्दै उल्टै झपारेर पठाएको पवित्राले गुनासो गरिन् ।
‘लालपुर्जामा मेरो नक्कली हस्ताक्षर हो मैले गरेको होइन हाकिम सापले थर्काउँदै भन्नुभयो,’ पीडित पवित्राले भनिन, ‘लालपुर्जामा उहाँकै हस्ताक्षर र कार्यालयको छाप रहेको कसरी नक्कली भयो भनि मैले हाकिमलाई प्रश्न सोध्दा पनि उहाँले मलाई थर्काउनुभयो ।’ मालपोतका प्रमुख खत्रीसमक्ष निवदेन दर्ता गराउन खोज्दा उनले निवेदन समेत दर्ता गर्न नमानेको पवित्राको गुनासो छ । सोमबार जिल्ला प्रहरी कार्यालयमा नक्कली लालपुर्जासहित रकम असुली गरिदिन र आवश्यक कारबाहीको लागि पवित्राले निवेदन दर्ता गराएकी छिन् ।
जग्गाको नक्कली लालपुर्जा बनाएर ठगी गर्ने कार्यमा संलग्न निराजन रानालाई प्रक्राउ गरी अनुसन्धान अघि वढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुरजंग मल्ल बताए ।
यता मालोपोत कार्यालयका प्रमुख काँशीराम खत्रीले उक्त लालपुर्जा मालपोत कार्यालय बाट नबनेको बताउका छन् । उनले भने, ‘यो बाहिर बनाइएको लालपुर्जा हो । हस्ताक्षर पनि मेरो हैन् । उनीहरुको संगलग्नतामा कृर्ते काम भएको हो । ’




फेसबुकबाट तपाईको प्रतिक्रिया