जाजरकोटमा सरकारी लगानी बालुवामा पानी

DSC07354

अलपत्र अवस्था रहेको प्रसुती केन्द्रको भवन ।

बद्री पन्त
जाजरकोट ७, असार
निर्माण व्यवसायीको लापरवाहीले गर्दा जिल्ला अस्पताल जाजरकोटको प्रसुति कक्षको भवन अलपत्र परेको छ ।
भवन निर्माणको जिम्मा लिएको ठेकेदार कामै छाडेर भागेपछि ६ वर्षदेखि भवन अलपत्र परेको हो ।
भवन निर्माण नहुदा सुरक्षित प्रसुतीका लागि समस्या भएको जिल्ला अस्पतालले जनाएको छ
भवन अभावमा नियमित रुपमा सुरक्षित सुत्केरी सेवादिन समस्या हुदै आएको, सेवा प्रवाहमा समस्या देखा परेको अस्पतालका डा. राजेन्द्र जिसीले बताउनु भयो ।
उहाँले भवन नहुदा प्रसुती गराउँन समस्या भएको र एउटै कोठामा ३÷४ जना महिलाहरु राखेर सुत्केरी गराउनु पर्ने अवस्था उत्पन्न भएको उल्लेख गनुभयो ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक बर्ष २०६८÷०६९ मा भवन ठेक्का भएको थियो ।
ठेक्का मार्फत निर्माणको जिम्मा पाएको काठमाडौको फ्राइण्डस कन्स्ट्रक्सनले सझौता अनुसार २०७० साल पुष महिनाभित्रै निर्माण गरिसक्नु पर्ने भवनको डिपिसी मात्र गरिएको छ ।
भवनको १ करोड १६ लाख ८५ हजार ठेक्काको भवन निर्माणको काम निर्माण व्यवसायीले ७४ लाख ६६ हजारमा लिएका थिए ।
निर्माण व्यवसायीले अहिलेसम्म १२ लाख ६६ हजार रकम भुत्तानी लगी सकेको भवन निर्माण विभाग डिभिजन कार्यालयले जनाएको छ ।
सार्वजनिक सुचना मार्फत बारम्वार ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा नआएकोले अव कालो सुचिमा राखेर कारवाही गर्ने पक्रिया अघि बढाएको कार्यालयका इन्जिनियर झंक बहादुर थापाले बताउनु भयो ।
गत बैशाखमा जाजरकोट आएका स्वास्थ्य मन्त्रालयका सचिव शान्तराज श्रेष्ठले भवन अलपत्र पार्ने ठेकेदार कडा कारवाही गर्ने भनेपनि अहिलेसम्म कारबाही नभएको जाजरकोट बासीले वताएका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया