दोस्रो कर्णाली प्रदेश स्तरीय आधारभूत स्काउट तालिम सम्पन्न 

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लाका युवाहरूका लागि दोस्रो प्रदेश स्तरीय आधारभूत स्काउट तालिम सम्पन भएको छ । नेपाल स्काउट र कर्णाली प्रदेशको आयोजनामा ५८९ औँ र ५९० औँ स्काउट आधारभूत तालिम (बि.टी.सी) तथा ४३६ औँ (पी.टी.सी) स्काउट आधारभूत तालिम बुधवारबाट सुरु भएर आइतबार सकिएको थियो ।

प्रदेश स्तरीय आधारभूत स्काउट तालिमबाट कर्णाली प्रदेशका ७५ जना युवाहरू तालिमबाट प्रशिक्षित भएका छन् । उक्त तालिममा पुरुषतर्फका प्रशिक्षकहरूको रूपमा खगेशवर गौतम, नरेश वाक्ले र राष्ट्रिय परिषद् सदस्य सुरज खनाल रहेका थिए, भने सहायक प्रशिक्षकमा तुल्क्षी चन्द, खुमाकान्त खनाल, देउलासिंह ठकुरी र दान बहादुर वली सहभागी थिए ।

त्यस्तै महिला तर्फ प्रशिक्षक मुना खनाल र सहायक प्रशिक्षक सुधा रेग्मी, शान्ता कँडेल लगायतको उपस्थिति थियो । तालिमको समापनमा सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री घनश्याम भण्डारीले भने, तालिमले कर्णाली प्रदेशका युवाहरूलाई नेतृत्व, समर्पण र सहकार्यका गुणहरू सिकाउने अवसर प्रदान गरेको छ ।

युवाहरू हाम्रो समाजको भविष्य हुन्, र यस्ता तालिमहरूले तिनीहरूको क्षमता र आत्मविश्वासलाई अझ सशक्त बनाउनेछन् । यसका साथै, समाजसेवामा सक्रिय रहनका लागि उनीहरूलाई प्रेरित गर्दै, आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूको आयोजना गर्ने हाम्रो निरन्तर प्रतिबद्धता हुनेछ ।

समापनमै तालिमको समापनमा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेलले भने, “यस तालिमले युवाहरूमा नेतृत्व, समर्पण र सहकार्यका गुणहरू विकास गर्नेछ । यसले युवाहरूलाई समाजसेवा र आत्मविश्वासको क्षेत्रमा योगदान पु¥याउने छ। भविष्यमा यस्ता कार्यक्रमहरूको आयोजना गर्न हामी सधैँ प्रतिबद्ध छौ ।”

स्काउट कर्णाली प्रदेशका आयुक्त कमल बोहराले भने, “यस तालिमले कर्णालीका युवाहरूमा नेतृत्व र समर्पणका गुणहरू विकास गर्न मद्दत पु¥याउनेछ । युवा शक्ति राष्ट्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ, र हामी भविष्यमा यस्ता कार्यक्रमहरूको आयोजना गर्दै जानेछौ ।“




फेसबुकबाट तपाईको प्रतिक्रिया