स्ववियू निर्वाचन

मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघका खड्काको प्यानलै विजयी 

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा चैत १८ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घको प्यानल नै विजयी भएको छ ।

मगंलबार सम्पन्न मत परिणाममा ११ सय ८८ मत ल्याएर अध्यक्षमा विवेक खड्का विजयी भएका हुन् ।

१८ चैतमा भएको मतदानमा नेकपा एमाले विकट अनेरास्ववियुका जगतजगं शाहीले ९ सय ८ मत ल्याएर पराजित भएका हुन् । शाहीलाई २ सय ८० मतान्तरले पछि पार्दै गदै खड्का  विजयी भएका थिए ।

माओवादी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बाट स्ववियुको अध्यक्ष पदका उम्मेदवार प्रकाश विकले २७५ मत पाएका छन् भने स्वतन्त्र पदका उम्मेदवार मिलन बिसीले २३१ मत प्राप्त गरेका छन् ।

विश्वविद्यालयका ४ हजार ३८३ मतदातामध्ये २ हजार ८६४ जनाले मतदान गरेका थिए । मध्यपश्चिम विश्वविद्यालयको स्ववियु सचिवमा भूपेन्द्र आचार्यले १३९६, कोषाध्यक्षमा लोकप्रसाद रिजालले १२५५ मत ल्याएर विजयी भएका छन ।

यस्तै सदस्यहरूमा विकास कुमार थापाले १३२३, निशान्त शाहीले १२७८, शिव ढकालले १२३३, गणेश थापाले १२७५, प्रतीक्षा थापाले १४९१, विष्णुराज सिंहले १३३४ र  प्रकाश सिंहले १२१९ मत ल्याएर निर्वाचित भएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया