सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रको संसदीय दल र पार्टीको संयुक्त बैठक सुरु भएको छ ।
गठबन्धनमा रहेको एमाले र माओवादी केन्द्रको सहमतिअनुसार मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा दिन दबाब बढिरहेको समयमा माओवादीको संयुक्त बैठक सुरु भएको हो ।
मंगलबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शर्माले राजनीतिक सहमति हुन नसक्दा विश्वासको मत लिएनन् । बुधबारलाई विश्वासको मत लिने समय सारिएको छ ।
पहिले विश्वासको मत लिएर एमालेलाई सरकार बनाउने बाटो खोल्न राजीनामा दिने तयारी रहेको सांसद दुर्गबहादुर रावतले बताए । ‘संसदमा विश्वासको मत लिने तयारी गरेकाले पहिला विश्वासको मत लिने र त्यसपछि केन्द्रको निर्णय कार्यान्वयन गर्ने भन्ने सामान्य छलफल भएको छ । पार्टी र दलको बैठकले पनि त्यही अडान कायाम राख्ने देखिन्छ,’ उनले भने ।
माओवादीका नेता र दलको मंगलबार बसेको बैठकले पनि विश्वासको मत लिएर पछि एमालेलाई सरकार बनाउन दिने कुरामा एकमत भएको रावतको दाबी छ ।
राराखबर । २०८०, २१ चैत्र बुधबार