सुर्खेत
अग्रपंक्तिमा खटिएर कोभिड महामारी रोकथाम तथा उपचारमा सलग्न डाक्टर अर्चना कार्कीसहितका स्वास्थ्यकर्मी सम्मानित भएका छन ।
चार जना महिला डाक्टरसहित ७ जना फ्रन्टलाइनरलाई सुर्खेत महिला जेसीजले सम्मान गरेको हो ।
सम्मानित हुने अन्यमा डा. विद्वता भट्टराई, डा. दुर्गा थापा र डा. सान्तम भट्टराई आइसोलेशन इन्चार्ज सपना पहाडी, कल्पना शाही र प्रतिभा भण्डारी छन ।
कोभिड सुरु भएपछि नाकादेखि अस्पतालका वेडसम्म अग्रपंक्तिमा खटिएर विरामीको उपचार गर्ने उनीहरु वास्तविक हिरो भएकोले सम्मान गरिएको सुर्खेत महिला जेसीजले जनाएको छ ।

सम्मानित व्यक्तित्व डा. अर्चना कार्कीले कामको मूल्यांकन गरिएकोले आगामी दिनमा काम गर्ने थप प्रोत्साहन मिलेको बताइन ।
प्रमुख देवकुमार सुवेदीले सुर्खेत महिला जेसीजले कोभिडमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको योगदानको कदर गरेको बताए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, सुर्खेत महिला जेसीजका अध्यक्ष लक्ष्मी गुरुङ, पूर्व अध्यक्ष ज्योति पौडेल, वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष नन्दबहादुर विसीलगायतले सम्मान गरेका हुन् ।
राराखबर । २०७८, ५ भाद्र शनिबार