मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड पिच हुदै

बद्री पन्त
जाजरकोट ९, माघ
सरकारले आव ०६४/६५ देखि निर्माण थालेको मध्यपहाडि लोकमार्ग आयोजना जाजरकोट खण्डमा ८ बर्ष पछि पिचको काम अगाडि बढेको छ । आयोजना ट्रयाक खोलिएको ८ बर्ष पछि पिचको काम थालिएको हो ।
पूर्व पाँचथर देखि पश्चिम बैतडीसम्मको पहाडी भेग जोड्ने यो आयोजनाको ८२ किलोमिटर जाजरकोटमा पर्छ । ३० महिना भित्र आयोजनाको काम सक्ने गरी निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । कुल चौडाइ ९ मिटर छ ।


अधिकांश ठाउँमा ठूला चट्टान, भीरपाखा छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना (पश्चिम खण्ड) दैलेखले जाजरकोट खण्डको कुदु देखि कार्कीगाउँसम्मको ३५ किलोमिटर सडक पहिलो चरणमा पिचको काम सुरु भएको हो । लामो समय देखी जाजरकोट खण्ड अलपत्र रहेको थियो । गत असारमा ठेक्का सम्झौता भएको आयोजनाको काम १ अर्व रुपैया लागतमा (शर्मा सिंह एण्ड ब्रदर्श जेवी काठमाण्डौले लिएको छ ।
आयोजना निर्माण कार्य तिव्र गतिमा अगाडि वढेको छ । जाजरकोट जिल्ला भित्रको सडक खण्डामा पर्ने ८२ किलोमिटर मध्य ३५ किलोमिटर ३० महिना भित्रमा काम सक्ने गरी काम अगाडि बढेको निर्माण व्यवसायी बिश्वास उप्रेतीले वताउनु भयो ।


पहिलो खण्ड कुदु जिरो प्वाइट देखि गिमासम्मको १७.५० किलोमिटरमा अहिले काम सुरु भएको छ । सडक सिधा ठाउँमा ७ मिटर बाटो पिच गर्ने वाग्रो टिगो ठाउमा अलि वढ्ने चौडा ९ मिटर हुने छ । सडक पिचको काम सुरु भएकोमा स्थानीय खुशी भएका छन् । राज्यको वजेट दुरुपयोग नगर्न तथा गुनस्तरमा जोड दिन भेरी नगरपालिका १३ का वडा अध्यक्ष गोपालबहादुर बटालाले बताउनु भयो ।


कामलाई भनेकै समयमा सम्पन्न गर्नको लागि मुख्य क्याम्प कुदु र सहायक क्याम्प ५ वटा राखी ११ वटा स्काइ भेटर, ११ वटा टिप्पर २ वटा पानि वोक्ने टंकी र ४ सय जना मजदुरले काम काम समेत पाएका छन । काममा समस्या आउन नदिनको लागि मुख्य क्याम्प कुदुमा ५० हजार लिटर तेल स्टक राखिएको र कुनै समयमा पनि काम नरोकी काम गर्ने निर्माण व्यवसायी उप्रेतीले वताउनु भयो ।
सडक निर्माणमा मुख्य समस्या भनेको कुदु देखि जगतिपुर सम्मको बाटो गाडी फस्ने माटो पक्का नभएकोले वर्षा अगाडी नै पिज गर्ने काम हुन्छ उप्रेतीले वताउनु भयो ।
सडकको नाली निर्माण, कटिङ्ग, मेसनरी वाल लगाउने, सडक चौडा लगाएत काम भैइ आयोजनाका इन्जिनियर तुला शर्माले बताउनु भयो । ३० महिना भित्रमा पिचको काम सकिन्छ उहाँले भन्नु भयो । अहिले रफ्तारमा काम भैइ रहेको छ शर्माले भन्नु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया