विप्लव निकट नेकपाको पहलमा मजदुरले पारिश्रमिक पाए

जाजरकोट

विप्लव निकट नेकपाको पहलमा जाजरकोटको नलगाड नगरपालिका वडा नं १३ मा रहको सिउन ग्याविङ पर्खाल आयोजना निर्माणमा सलग्न मजदुरले आफ्नो पारिश्रमिक पाएका छन् ।

४५ लाख रुपैयाको योजना निर्माणमा सलग्न मजदुरले ३ लाख १२ हजार रुपैया पाएका छन ।

मजदुरहरुको रकम हस्तान्तरण गर्दै नेकपा नलगाड नगर कमिटीका सह इन्चार्ज प्रशान्त

नेकपा नलगाड नगर कमिटीका सह इन्चार्ज प्रशान्तले मजदुरहरुको वाकी १ लाख २० लाख रुपैया यही भदै १० गतेभित्र ठेकेदारले दिने प्रतिवद्धता जनाएको बताए ।

सय जना मजदुरले करिब ४ महिनासम्म काम गरेको रकम ठेकेदारले नदिएपछि पार्टीले उक्त पहल गरेको पनि उनले बताए ।

 गरि करिब २२००० हजिरि रहेको र मजदुरले पैसा माग्दा आयोजना घाटामा लागेको र पारिश्रमिक नदिने बताउदै आएका थिए।




फेसबुकबाट तपाईको प्रतिक्रिया