मुटु परीक्षण शिविर

बद्री पन्त
जाजरकोट १, फागुन
बिहिबार जाजरकोट अस्पताल जाजरकोटमा निशुल्क मुटु परीक्षण शिविर सन्चालन हुने भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोग, जिल्ला समन्वय समिति जाजरकोटको आयोजना तथा सम्मान फाउन्डेसन ललितपुरको संयोजनमा खलंगामा निशुल्क मुटु परीक्षण शिविर हुन लागेको हो ।
शिविरमा मुटुरोग विशेषज्ञ प्राध्यापक डा. रवि मल्ल, डा. राकेश अधिकारी लगाएत १० जना विशेषज्ञ चिकित्सकले विरामीको परीक्षण, निशुल्क इसीजी सेवा प्रदान, निशुल्क मुटुको भिडिओ एक्सरे (इको) सेवा प्रदान, निशुल्क सुगर जाँच गर्ने, पीटी ÷आइएन आरको जाँच गर्ने, निशुल्क तथा सशुल्क सेवावारे जानकारी दिने कार्यक्रम रहको नेपाल हृदयरोग निवारण प्रतष्ठान जाजरकोटका अध्यक्ष राजुविक्रम शाहले जानकारी दिनु भयो ।
निशुल्क मुटु परीक्षण शिविर सन्चालनका लागि जाजरकोट अस्पताल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोट, नेपाल हृदयरोग निवारण प्रतिष्ठान जाजरकोट, जाजरकोटी समाज वाँके, भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, त्रिभुवन माध्यमिक विद्यालय खलंगा र जिल्लाका सातवटै स्थानीय तहले सहयोग गरेको शाहले बताउनु भयो ।
शिविरमा परीक्षण गराउन आउदा मुटुरोगीहरुले पुराना रिपोर्टहरु पनि साथमा ल्याउन शाहले अनुरोध गर्नु भएको छ । शिविरमा मुटुरोगीहरुको मात्र परीक्षण गरिने र अन्य रोगीहरुको कुनै परीक्षण नहुने आयोजकले जनाएको छ । शिबिर २ गते विहान ७ वजे देखि सन्चालन हुने शाहले बताउनु भयो । विशेषज्ञ चिकित्सकहरुको टोली बुधबार साझ जाजरकोट पुगेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया