सुर्खेत, १६ कार्तिक ।
दोस्रो चरण अन्तर्गत आउदो मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावको लागि सुर्खेतमा ११ दलका ५९ जनाले उम्मेदवारी दर्ता गरेका छन ।काँगेस र एमाले माओवादीको वाम गठबन्धनसहित अन्य दलका ५९ जना उम्मेदवारले प्रतिनिधी सभा र प्रदेश सभाको लागि उम्मेदवारी दर्ता गरेका हुन । प्रतिनिधी सभाको २ वटा सिटमा १९ जनाले उम्मेदवारी दर्ता गरेका छन भने प्रदेश सभाको ४ वटा सिटमा ४० जनाले उम्मेदवारी दर्ता गरेका हुन । काँग्रेस र एमाले माओवादीको वाम गठवन्धनका उम्मेदवारले तामझामको साथ निर्वाचन अधिकृतिको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका थिए ।
प्रतिनिधी सभाको लागि सुखेत क्षेत्र नं १ मा नेपाली काँग्रेसको तर्फवाट पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र वाम गठवन्धनको तर्फवाट एमालेका पार्टी अध्यक्ष धुव्रकुमार शाहीले उम्मेदवारी दर्ता गर्नु भएको छ । राष्टिय जनमोर्चाका मोहन थापा, नेपाल मजदुर किसान पार्टीका जीवनकुमा शाक्य, नयाँ शक्ति पार्टीका रेशमकुमार राना, विवेकशिल साझा पार्टीकी रम्मा आचार्य, मंगोल नेशनल अर्गनाइजेशनका देवबहादुर पुन मगर, संघिय समाजवादी फोरम नेपालका धनवीर कामी र एकी सभाको लागि उम्मेदवारी दर्ता गर्नु भएको छ । काँग्रेसका उम्मेदवार खड्काले वारेसनामा मार्फ%Fधी सभाको लागि उम्मेदवारी दर्ता गर्नु भएको छ । काँग्रेसका उम्मेदवार खड्काले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गर्नु भएको थियो ।
यस्तै क्षेत्र न २ वाट काँगेसको तर्फवाट पूर्व सहकारी मन्त्री हृदयराम थानी र वाम गठवन्धनको तर्फवाट एमालेका पूर्व पार्टी अध्यक्ष नवराज रावतले उम्मेदवारी दर्ता गर्नु भएको छ । नेपाल मजदुर किसान पार्टीका बमबहादुर शाही, राष्टिय जनमोर्चाकी कृष्णकुमारी रावल, नयाँ शक्रि पार्टीका प्रचण्डकुमार पोख्रलेल, विवेकशिल साझा पार्टीका गोविन्दप्रसाद आचार्य, मंगोल नेशनल अर्गनाइजेशनका नरबहादुर दर्लामी, देशभक्त जनगणतान्त्रिक मोर्चाका खडानन्द लामिछाने, एकीकृत राष्टिय प्रजातन्त्र पार्टी राष्टवादीका इन्द्रबहादुर थापा र नेपाल दलित पार्टीका कालुसिह नेपालीले पनि क्षेत्र न २ वाट प्रतिनिधी सभाको लागि उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेशसभाको लागि क्षेत्र न १ को क वाट काँग्रेसका टेकबहादुर सिह, बाम गठवन्धनको तर्फवाट माओवादीका ठम्मर विष्टले उम्मेदवारी दर्ता गर्नु भएको छ । यस्तै नयाँ शक्ति पार्टीका कर्णबहादुर वुढा, राष्टिय जनमोर्चाका टेकबहादुर घर्ती, राष्टिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका कालीबहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा क्षेत्री, राष्टिय प्रजातन्त्र पार्टीका देवीसरा चन्दरा, संघिय समाजवादी फोरम नेपालका गंगे कामी, विवेकशिल साझा पार्टीका दिपक रेग्मी र मंगोल नेशनल अर्गनाइजेशनका मिनबहादुर वुढाले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
यस्तै ख वाट काँग्रेसका झकबहादुर डागी, बाम गठवन्धनको तर्फवाट एमालेका खड्क खत्री, यस्तै नयाँ शक्ति पार्टीका डिलबहादुर डागी, राष्टिय जनमोर्चाका धनबहादुर पुन, राष्टिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका टोपबहादुर वली, नेपाल मजदुर किसान पार्टीका लक्ष्यबहादुर बुढा, राष्टिय प्रजातन्त्र पार्टीका मानबहादुर खराल, संघिय समाजवादी फोरम नेपालका दिपलाल दमाई र मंगोल नेशनल अर्गनाइजेशनका परिमल दमाईले पनि प्रदेश सभामा उम्मेदवारी दर्ता गर्नु भएको छ
यस्तै प्रदेश सभाको लागि क्षेत्र न २ क वाट काँग्रेसका पार्टी सभापति कमलराज रेग्मी, वाम गठवन्धनको तर्पmवाट एमालेका पूर्व पर्यटन मन्त्री यामलाल कँडेलले उम्मेदवारी दर्ता गर्नु भएको छ । यस्तै नयाँ शक्ति पार्टीका लक्ष्मीप्रसाद ढकाल, राष्टिय जनमोर्चाका जीवन शाही, राष्टिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका राधिका थापा, नेपाल मजदुर किसान पार्टीका रमाकुमारी गरुड, राष्टिय प्रजातन्त्र पार्टीका तुलाराम गिरी, संघिय समाजवादी फोरम नेपालका पंचसिह रोकाय, विवेकशिल साझा पार्टीका ओमदत्त रेग्मी, मंगोल नेशनल अर्गनाइजेशनका तुलबहादुर लामिछाने मगर र नेपाल दलित पार्टीका रेशम सुनच्युरीले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
यस्तै क्षेत्र न २ को ख वाट काँगेसको तर्फवाट सुचना तथा संचार राज्यमन्त्री तप्तवहादुर विष्ट, गठवन्धनको तर्फवाट माओवादीका विन्दमान विष्ट, नयाँ शक्ति पार्टीका निरकबहादुर तारमी, राष्टिय जनमोर्चाका लक्ष्मीबहादुर सुनार, राष्टिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका कर्णबहादुर रेगामी मगर, नेपाल मजदुर किसान पार्टीका जगतबहादुर लामिछाने मगर, राष्टिय प्रजातन्त्र पार्टीका लक्ष्मीबहादुर वयग क्षेत्री, विवेकशिल साझा पार्टीका पदमप्रसाद खनाल, मंगोल नेशनल अर्गनाइजेशनका भिमबहादुर विश्वकर्मा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका गणेशबहादुर शाहीले उम्मेदवारी दर्ता गर्नु भएको छ । विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गरेपनि प्रतिनिधी तथा प्रदेश सभाको चुनावमा मुख्य गरी काँग्रेस र वाम गठवन्धनका उम्मेदवारवीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
उम्मेदवारी दर्ता गदै पूर्वमन्त्री तथा कांग्रेस उम्मेदवार हृदयराम थानीले सुर्खेत काँग्रेसको उर्भर थाले भएकोले विगतको चुनावमा झै यस पटक पनि सुर्खेती जनताले काँग्रेसलाई नै जिताउने दावी गर्नुभयो । बाम गठबन्धनका उम्मेदवार तथा पूर्व मन्त्री यामलाल कंडेलले देशको आर्थिक समृद्धि र विकासका लागि गठबन्धनका उम्मेदवारहरुले जित्ने उल्लेख गर्नुभयो ।
राराखबर । २०७४, १६ कार्तिक बिहीबार