सुर्खेतमा निर्णायक वन्दै, नयाँ मतदाता

सुर्खेत, १६ कार्तिक ।
मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सुर्खेतमा वाम गठबन्धन र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ । स्थानीय तहको चुनावको आधारमा काँग्रेस भन्दा वाम गठवन्धन करिव १६ हजार मतले अघि भएपनि पछिल्लो पटक थपिएका २० हजार नयाँ मतदाता चुनावमा निर्णयक हुने देखिएको छ । नयाँ मतदातालाई जसले आर्कषित गर्न सक्यो उसैले चुनाव जित्ने आकलन गरिएको छ ।
गत वैसाख महिनामा भएको स्थानीय तहका उम्मेरदवाले पाएको मतको आधारमा १६ हजार मतले कांग्रसभन्दा वाम गठबन्धन अगाडि छ । स्थानीय तहको निर्वाचनमा जिल्लाभर कांग्रेसले ५४ हजार ५ सय ६८ मत, एमालेले ५२ हजार ७८७ मत र माओवादीले १८ हजार ९८३ मत प्राप्त गरेका थिए । लोकतान्त्रिक गठवन्धमा सहभाग राप्रपाले १ हजार ४ सय १३ मत ल्याएको थियो । स्थानीय तहमा प्राप्त मतलाई आधार मान्ने हो भने वाम गठबन्धनको भोट ७१ हजार ७ सय ७० छ भने भने लोकतान्त्रिक गठबन्धनको ५५ हजार ९ सय ८१ भोट रहेको छ ।
लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन १५ हजार ७ सय ८९ मतले अघि छ । तर पछिल्लो पटक सुर्खेतमा २० हजार १ सय ७७ जना नयाँ मतदाता थपिएका छन । यसपालीको चुनावमा नयाँ मतदाना नै निर्णय हुने देखिन्छ । स्थानीय तहको चुनावमा सुर्खेतमा १ लाख ८४ हजार ४ सय मतदाता रहेकोमा अव संघ र प्रदेशको चुनावमा २ लाख ४ हजार ५७७ जना मतदाता पुगेका छन । त्यसैले संघ र प्रदेशको चुनावमा थापिएका नयाँ मतदाता नै निर्णयक हुनेछन ।


बाम गठवन्धनले काँग्रेसभित्र मेलमिलाप र एमाले माओवादीभित्र असन्तुष्टी पैदा गरेको छ । गठवन्धनका कारण उम्मेरदवारका आकाक्षी एमाले माओवादीका नेताहरुलाई सुन्तुष्ट बनाउनु मुख्य चुनौति हुने देखिन्छ । भने काँग्रेस भित्र विगतको चुनावमा हुदै आएको अन्तरघातलाई दोहोरिन नदिनु पनि उत्तिकै चुनौति देखिन्छ ।
सुर्खेतमा निर्वाचन क्षेत्र नं १ मा एक लाख १ हजार ६३७ जना र क्षेत्र न २ मा एक लाख २ हजार १४० जना मतदाता छन । क्षेत्र नं १ को प्रदेश सभा का मा ४४ हजार ३४७, प्रदेश सभा ख मा ५७ हजार २९० मतदाता रहेका छन । क्षेत्र नं २ को प्रदेश सभा क मा ५६ हजार २६७ र प्रदेश सभा ख मा ४६ हजार ६७३ मतदाता छन । सुुर्खेतमा १९ दलहरु मंसिर २१ गते हुने चुनावमा प्रतिस्पर्धा गर्नेछन ।
कांग्रेसको गढका रुपमा चिनिदै आएको सुर्खेतमा यसपटकको चुनावमा काँग्रेसलाई आफनो विरासत जोगाउनु पर्ने वाध्यता छ भने वाम गठवन्धन काँग्रेसको गढ भत्काउने दाउमा छन । एकल प्रतिस्पर्धामा सहज रुपमा जितको नजिता निकाल्दै आएको काँग्रेसलाई एमाले माओवादीको मिलनले यसपाली निकै चुनौति थपिएको छ ।
काँग्रेस र एमालेवीच २०४८ सालवाट नै चुनावी प्रतिस्पर्धा हुदै आएको थियो । २०४८ सालको चुनावमा दुई वटै क्षेत्र काँग्रेसले जितेको थियो । त्यसपछि सुर्खेत ३ वटा क्षेत्र वनेको थियो । २०५१ सालमा ३ वटा मध्ये २ क्षेत्र न १ र ३ काँग्रेस र क्षेत्र न २ एमालेले जितेको थियो । त्यसपछि २०५६ सालमा भएको निर्वाचनमा तीन वटै क्षेत्र काँग्रेसले जितेको थियो । २०६४ सालको संविधान सभामा एमालेले २ वटा र माओवादीले एउटा क्षेत्र जित्दा काँग्रेस भने खाली हात भएको थियो । दोस्रो संविधान सभा चुनावमा ३ वटै क्षेत्र काँग्रेसको पोल्टामा परेको थियो । गत वैसाखमा भएको स्थानीय तहको निर्वाचनमा सुर्खेतका ९ मध्ये ६ वटा काँग्रेस र ३ वटा एमालेले जितेको थियो ।
अहिले प्रतिनिधी सभा र प्रदेश सभाको लागि काँग्रेस र वाम गठवन्धन उम्मेदवार चयन गरेर चुनावी मैदानमा उतिएका छन । काँग्रेसले प्रतिनिधी सभाको लागि क्षेत्र न १ वाट पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का र क्षेत्र न २ वाट पूर्व सहकारी मन्त्री हृदयराम थानीलाई चुनावी मैदानमा उतारेको छ । यस्तै गठवन्धनवाट एमालेले क्षेत्र न १ वाट पार्टी अध्यक्ष धुव्रकुमार शाही र क्षेत्र न २ वाट पूर्व पार्टी अध्यक्ष नवराज रावतलाई उठाएको छ । प्रदेश सभाका लागि काँगेसले क्षेत्र न १ को क वाट उपसभापति टेकबहादुर सिह र ख वाट शिक्षक संघका पूव महासचिव झकबहादुर डागीलाई उतारेको छ । यस्तै क्षेत्र न २ को क वाट पार्टी सभापति कमलराज रेग्मी र ख वाट सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर विष्टलाई काँग्रेसले उम्मेदवार वनाएको छ ।
यता बाम गठवन्धनवाट प्रदेश सभाको लागि क्षेत्र न १ को क वाट ठम्वर विष्ट, ख वाट खड्क खत्री तथा क्षेत्र न २ को क वाट पूर्व पर्यटन मन्त्री यामलाल कँडेल र ख वाट विन्दमान विष्ट चुनावी मैदानमा छन । खत्री र कँडेल एमालेवाट तथा ठम्वर र विन्दमान माओवादी केन्दवाट वाम गठवन्धनको तर्फवाट चुनावी प्रतिस्पर्धामा छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया